भरतपुर महानगरपालिकाका मेयरका दाबेदार देवी ज्ञवाली र रेणु दाहाल भरतपुर १९ का मतदातासँग भोट माग्नतिर केन्द्रित बनेकाछन् ।

पुनःमतदानको विरोध गर्दै आएको नेकपा एमाले पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई ध्यानमा राख्दै १९ नम्बर वडाका मतदाताहरुमा केन्द्रित भएको छ ।

कांग्रेस र माओवादी नेताहरु पनि १९ नम्बर वडामै केन्द्रित हुन थालेका छन् । एमालेका उम्मेद्वार देवी ज्ञवालस्ले आवश्यक परे पुनःमतदानलाई सामना गर्ने रणनीति बनाएको बताएका छन् ।

एमालेले भरतपुरको १९ नम्बर वडामा पुनःमतगणना हुनुपर्ने बताउँदै आएको छ । यो मुद्दालाई सर्वोच्च अदालतले अध्ययन गरिरहेकोले पुनःमतदान नै गनुपर्ने आदेश आएपनि यसलाई सामना गर्ने रणनीति एमालेले बनाएको हो ।

भरतपुरको निर्वाचन आफुले जितिसकेको तर घोषणा हुन नसकेको भन्दै ज्ञवालीले पुन निर्वाचन भएपनि आफ्नो जित निश्चित भएको बताएका छन् ।

अन्य स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न थालिसक्दा पनि भरतपुरको नतिजा नआउँदा तनाव बढेको ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah