बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक छ मा करिब ७ सय मिटर सडक स्थानीय उपभोक्ताले नमूना बनाएकाछन् । ५ बर्ष अघि स्थानीय र नगरपालिकाको साझेदारीमा १ करोडभन्दा बढिको लागतमा बनेको सडकलाइ फेरी मर्मत सम्भार गरेर नमूना सडक बनाइएको हो ।
उपभोक्ताको ४० लाख र नगरपालिकोको ४० लाख गरेर सडक पुननिर्माण, ढल ब्यवस्थापन र रंगरोगन गरेर हेर्न लायक सडक बनाईएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दिप्रसाद अधिकारीका अनुसार ५ बर्षअघि दमक नगरपालिका र उपभोक्ताले बराबर लगानिमा सडक बनाएका थिए ।
अधिकारीका अनुसार उपभोक्ताहरुले ५० लाख र नगरपालिकाले ५० लाख नै लगानि गरेर सडक बनाईएकोमा भत्कन थालेपछि आफै पुनमर्मत गरेका हुन् ।
दमकका सडकहरु टिकाउ नहुने र बनाउनसाथ भत्कन गरेको आरोप लाग्दै आएकोमा यो सडकलाइ भत्कन नै नदिइ यसलाइ पुन मर्मतसम्भार गरेर ट्राफिक चिन्हहरु सहित सडकलाइ नयाँ रुप दिईएको छ ।
अधिकारीका अनुसार अहिले ८० लाखको लागतमा सडकलाइ स्तरउन्नती गरिएको छ भने ढल ब्यवस्थापन पनि राम्रो भएको छ ।
उपभोक्ताहरुबाट यति ठूलो रकम उठाउन चुनौती भएपनि उपभोक्ता समितिले सहजै रुपमा चुनौती सामना गरेर रकम उठाएको सडक निर्माणको अगुवाइ गर्नु भएका हरीप्रसाद चापागाइले बताउनु भयो ।
उहाँका अनुसार सडकले छोएका घरमालिक तथा जग्गाधनिहरुसंग बिदेश भएपनि सम्पर्क गरेर लागेको रमक मागिएको छ ।
यो मुख्य चौकबाट इलाका प्रहरी कार्यालय हुँदै दमक नगरपालिकाको बजारमा बनिरहेको पर्यटकीय नमुना सडकमा गएर टुङ्गिएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार दमकमा साझेदारीमा बनाईएका सडकहरुमध्ये यो एउटा नमुना सडक हो ।
अहिले पूर्व पश्चिम राजमार्गभन्दा धेरै राम्रो सडक देखिएको भन्दै धेरैतिरबाट प्रशंशा भएको उनले जनाए ।
https://www.youtube.com/watch?v=kuWks2UF-Vk&feature=youtu.be



