काठमाडौं । कपालले मानिसहरुलाई सुन्दर र आकर्षण देखाउँछ र सुन्दरतामा निखार ल्याउँछ । कसैलाई मन नपर्ला र ? सर्लक्क परेको कपाल ।त्यसैले सबैले चाहन्छन् आफ्नो कपाल सर्लक्क र राम्रो होस् भन्ने । सोहि कारण मानिसहरु आफ्नो कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत गर्छन् ।तर कहिलेकाही आफुले सोचेअनुरुप भइदिदैन । विभिन्न कारणले गर्दा कपालमा अनेकौं समस्या निम्तन सक्छ । जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा पनि कपालको चमक हराउँछ । कपाल झर्ने, हाँगा पलाउने, टुक्रिने जस्ता समस्या अधिकांशको हो ।

यस्तो समस्याले धेरैलाई सताएको पाइन्छ । हालसालै गरीएको एक अध्ययन अनुसार, दैनिक करीब १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर, तपाईंलाई त्यो भन्दा धेरै झरेको जस्तो लाग्छ भने त्यो चाहि चिन्ताको कुरा हो ।यदी कपाललाई प्राकृतिक तरीकाले हेरचाह गर्यौं भने कपाल झर्ने, कम उमेरमै कपाल फुल्ने, चाँया पर्ने जस्ता कुराबाट बच्न सकिन्छ । सहि तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला पुरुषलाई कपालको समस्या सताएको पाइन्छ ।यदि तपाई पनि यो समस्याबाट हैरान हुनुभएको छ भने हामी तपाईलाई यस समस्याबाट मुक्ति मिल्ने घरेलु उपाय दिँदै छौं । जुन तपाईले अपनाउनु भयो भने सो समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ ।

के गर्ने ?

१. दहीमा कागतीको रस मिसाएर नुहाउने गर्नुहोस् । यसो गर्नाले कपाल झर्नबाट बचाउन सकिन्छ ।

२. अमला टुक्रा बनाउने र त्यसमा नरिवलको तेल राखेर एकछिन घाममा राखेर तातो बनाउने । सेलाएपछि यसलाई बिस्तारै कपालको जरामा लगाउने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

३. अण्डाको पहेँलो भागलाई निकाल्ने र त्यसलाई २ मिनेटजति घोल्ने । घोलिसकेपछी उक्त त्यसलाई कपालमा लगाउने । यसले कपाललाई मजबुत बनाउँछ ।

४. ग्रीन टिलाई पानीमा उमाल्ने र त्यसलाई एक घण्टासम्म सेलाउन दिने । सेलाएपछि त्यो रसमा कागतीको रस मिसाउने । त्यसपछि ग्रीन टी र कागतीको रस मिसाइएको घोललाई कपालमा लगाउने । यसले पनि कपाल झर्नबाट रोक्छ ।

५. घ्यु कुमारीमा रहेको चिल्लो पदार्थ निकालेर कपालमा लगाउने र आधा घण्टा पछि सफा पानीले पखाल्ने । यस्तो गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।

६. अनारको बोक्रालाई मसिनो हुने गरि पिसेर कपालमा लगाउनाले पनि कपाल झर्ने समस्या हट्दै जान्छ ।

७. प्याज काटेर टुक्रा-टुक्रा पार्ने र शुद्द पानीमा राखेर त्यसलाई उमाल्ने । र त्यसलाई निकालेर त्यसै छाडिदिनुहोस् । पानीमा प्याजको कलर आएपछि त्यसमा कागतीको रस मिसाएर त्यसले कपालमा मसाज गर्ने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

के नगर्ने ?

१. यदि तपाईले नियमित रुपमा एन्टी ड्यान्ड्रफ स्याम्पु लगाएर नुहाउने गर्नुहुन्छ भने त्यसलाई रोकिदिनुहोस् । एन्टी ड्यान्ड्रफ स्याम्पु धेरै समयसम्म प्रयोग गर्दा त्यसले तपाईको कपाल लाई कमजोर र टाउकोको छाला चिल्लो बनाउँछ जस्ले गर्दा त्यस ठाउँमा फेरी कपाल पलाउदैन । त्यसैले यसको प्रयोग महिनाको एक पटक मात्र गर्नुहोस् ।

२. विभिन्न किसिमका रंग नलगाउने । रंगले कपालको सुन्दरतामा खराबी ल्याउँछ ।

३. स्ट्रेट गर्नाले कपाल खराब हुन्छ अक्सर महिलाहरुले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईं आफ्नो कपाल साँच्चै नै राम्रो होस् भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

४.नुहाएपछि कपाल राम्ररि सुक्न दिएर मात्र कोर्ने । अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउनासाथ कपाल कोर्ने बानी हुन्छ । तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमा सुकेपछी मात्र कपालमा काईयो लगाउने गर्नुहोस् ।

५.हेड रोलर्सको प्रयोग धेरै नगर्ने । कपाललाई कर्ली बनाउन रातभरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईंको कपालमा त्यसको अधिकतम समय ३/४ घन्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah