काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
समर्थन फिर्ता लिने निर्णय गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने स्थायी कमिटीको आज (मंगलबार) पेरिसडाँडामा बसको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकले २९ फागुनमा केन्द्रीय कमिटी बैठक बोलाउने र १ गते काठमाडौंमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य हरिबोल गजुरलले जानकारी दिएका छन् ।
यसैबीच जनता समाजवादी पार्टीको संसदीय दलको बैठक पनि सिंहदरबारमा बसिरहेको छ । बैठकमा सत्ता समीकरणबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । नया पेज बाट साभार



