जुम्ला । एक छाक सादा खानाको कति पर्छ ? भन्दा सहजै जवाफ आउन सक्छ सामान्यतया  १ सय रुपैयाँ । तर, कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्छामा भने साकाहारी खानाको १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । यहाँका विद्यार्थीहरुको एउटा नियम छ । एक वर्षको लागि सुरुमै १२ देखि १५ हजार रुपैयाँ मेसमा बुझाउने विद्यार्थीको संख्याअनुसार यसरी खानाको मूल्य घटबढ हुने शिक्षालयका लेखा शाखाका प्रमुख प्रकाश गैरेले बताए ।  हाल ७० जनाले उक्त सामूहिक मेसमा खाना खाँदै आइरहेका छन् । दाल, भात, तरकारी र अचार सहितको खानाको न्यूनतम १२ देखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । हाल शिक्षालयमा कृषि विषयमा अध्ययन गर्ने तथा सामूहिक भान्छाको नेतृत्व गर्ने हुम्लाका जसबहादुर एैरीले रातोपाटीसँग भने– ‘मासु भात खाँदाचाहीँ महङ्गो हुन्छ नत्र सरदर २० रुपैयाँ छाकमा खाना खान सकिन्छ ।’

खाना बनाउने भने विभिन्न संकायका विद्यार्थीले पालैपालो बनाउनुपर्दछ । एक जना कर्मचारी भान्छाका लागि भनेर शिक्षालयले नै व्यवस्थापन गरिदिएको छ । शिक्षालयको सूचना पाटीमा प्रकाशित एक सूचनालाई आधार मान्दा यस आर्थिक वर्षको पुस÷मंसिरमा एक जना विद्यार्थीले एक छाक खानाको १२ रुपैयाँ तिरेका छन् । जसले २४ रुपैयाँमा विहान र बेलुकाको खाना खान पाएका छन् ।  साही शिक्षालयमा नेपाल सरकारको पूर्ण छात्रवृत्ति पाएर पढ्न आएका विद्यार्थीले पनि मासिक ३ हजार ५ सय रुपैयाँमा खाना खाँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah