पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन् ।केही वर्ष पहिले यहाँका मानिसहरु काठमाडौँ जाँदा बागबजारस्थित पाकिजा होटेलमा बन्ने बिरयानी खाएर साबुनले हात पनि धुँदैनथे, किनकी साबुनपानीले हात धुँदा बासना पखालिन्थ्यो । यही बासनाका लागि पनि मानिसहरुले हात साबुनले धुँदैनथे । काठमाडौँको बागबजारस्थित पाकिजा होटेल बिरयानीका लागि प्रख्यात मानिन्छ र यसका पारखीहरु काठमाडौँ जाँदा एकपटक बिरयानीको स्वाद लिन पछि पर्दैनन् ।खास गरेर मुस्लिम समुदाय अत्यधिक मन पराउने बिरयानी अहिले सबै समुदायका मानिसका लागि लोकप्रिय भएको छ । आ–आफ्ना जन्मदिन मनाउँदा युवायुवती बिरयानी हाउस रोज्छन् र बिरयानी खाएर एकले अर्कालाई शुभकामना दिन्छन् । बिरयानी हाउस युवायुवतीका लागि भेटघाट गर्ने स्थलका रुपमा पनि विकसित हुनुले यो व्यापारमा लाग्ने मानिस पनि उत्साहित भएका छन् ।

प्रदेश नं १ को राजधानी विराटनगरमा विभिन्न खानाका परिकारहरु पाइने होटेलहरु सञ्चालनमा आएको भए पनि अहिले बिरयानी हाउसहरु पनि एक दर्जनभन्दा सञ्चालनमा आएका छन् । शुरुशुरुमा ठूल्ठूला रेस्टुरेन्ट (भोजनालय) मा मात्र पाइने बिरयानी अहिले सर्वसाधारण नागरिकको पनि पहुँच पुगेको पाइएको छ । पहिला धनीले खाने यो परिकार अहिले विपन्न र गरीब मानिसका लागि सहज भएको छ ।खासगरेर कोभिड–१९ ले महामारी रुप लिएपछि रोजगार गुमाएका युवाहरु यस पेशामा आकर्षित भएकाले बिरयानी हाउसको सङ्ख्या उल्लेखनीयरुपमा बढेको पाइन्छ । पछिल्लो समयमा विराटनगरमा एक दर्जनभन्दा बिरयानी हाउसहरु सञ्चालनमा आएका छन् । सञ्चालित बिरयानी हाउसको आ–आफ्नै शैली छन् । कोही चिकेन त कोही मटन बिरयानी बनाएर ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेका छन् । बिरयानी हाउसबाटै राम्रो आम्दानी गर्न सफल भएपछि उनीहरुले यसलाई नै व्यवसायको मुख्य स्रोत मानेका छन् ।

विराटनगरका सबैभन्दा पुराना होटेल गुद्री बजारस्थित बिरयानी प्वाइन्टले ४० वर्षदेखि होटेल व्यवसाय गर्दै आएको छ भने लगभग दुई वर्षदेखि बिरयानी बनाउन थालेपछि सुक्न लागेको व्यापार पुनः मौलाएको सञ्चालक मक्सुद खानले जानकारी दिनुभयो । उहाँले बनाउने बिरयानी ग्राहकहरुको इच्छाअनुसार हुन्छ । ग्राहकले जस्तो रुचि राख्छन्, त्यस्तै बिरयानी बनाएर सेवा गर्न पाउँदा खुशी लाग्ने गरेको सञ्चालक खानको भनाइ छ । यो बिरयानी हाउसमा मुस्लिमहरुको साप्ताहित प्रार्थनाको दिन शुक्रबार अत्यधिक बिक्री हुन्छ ।शुक्रबार भ्याइनभ्याइ हुन्छ, अरू दिन त लगभग ५० देखि ६० जना ग्राहक बिरयानी खान आउने गरेको खानले जानकारी दिनुभयो । उहाँले प्रतिप्लेट रु १०० को दरले चिकेन बिरयानी बेच्दै आइरहेको बताउनुभयो । परिवारका सदस्यबाट सेवा गराउने यो बिरयानी हाउसले महिनामा राम्रै आम्दानी हुने गरेको खानको भनाइ छ ।

यस्तै विराटनगर महानगरपालिका–९ ट्राफिक चोकमा रहेको द रोयल बिरयानी हाउस पनि एक वर्षअघि सञ्चालनमा आएको छ । विदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेशमै बिरयानी हाउस सञ्चालन गर्ने उद्देश्यले अमिर लिम्बूले सञ्चालन ल्याएको यो बिरयानी हाउस सञ्चालन गर्न करीब रु १५ लाख खर्च भएको सञ्चालक लिम्बूले जानकारी दिनुभयो । उहाँले मटन र चिकेन दुवै प्रकारका बिरयानी बनाउनु हुन्छ । चिकेनको भन्दा मटन बिरयानीको दाम अलिक बढी लाग्ने गरेको सञ्चालक लिम्बूले भन्नुभयो । उहाँ भन्नुहुन्छ, “एकपटक बिरयानीको स्वाद पाइसकेका मानिसले फेरि कहिले खाने प्रतीक्षा रहन्छ, यो नै हाम्रो सुखद र खुशीको कुरा हो ।”यस्तै विराटगर भाटभटेनी सुपरमार्केट छेउमा रेड चिल्ली बिरयानी हाउस सञ्चालन गर्दै आउनुभएका राजु खानले आफूले तीन वर्षदेखि यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रु पाँच लाखमा सञ्चालनमा ल्याएको यो बिरयानी हाउसबाट राम्रै आम्दानी हुन्छ, खासगरी उत्सव, पर्व र बिदाको दिन बिरयानी खान आउने मानिसहरु बढी हुन्छन् ।” शुरुआती दिनमा कतिपय मानिसलाई बिरयानी भनेको थाहासमेत नहुने गरेको उहाँले बताउनुभयो तर अहिले हरेक मानिसको रोजाइमा बिरयानीको स्वाद मन पर्न थालेको छ । बच्चादेखि वृद्धसम्मले बिरयानी एकदमै मन पराएर खाने गरेको उहाँको भनाइ छ ।

उहाँले आफू मुस्लिम समुदायमा जन्मेकाले बिरयानी बनाउन अन्त कतै जान नपरेको बताउनुभयो । आफ्नो घरमा आमाले बिरयानी पकाउने भएकाले आफूले आमाले बनाएको हेरेर नै बिरयानी बनाउन सिकेको जानकारी दिनुभयो । उहाँले बनाउने ‘दम’ बिरयानीमा ४८ प्रकारका मसलाहरु मिसाइएको हुन्छ । भारतको हैदरावादमा मात्र पाउने ‘दम’ बिरयानी बनाएर ग्राहकलाई आफ्ना व्यवसायतर्फ आकर्षित गराउन सफल हुनुभएको छ । विराटनगरमा पाइने बिरयानी निकै सस्तो भएकाले जो कोही पनि हप्तामा एक दिन बिरयानी खान योजना बनाइहाल्छन् ।उहाँको रेस्टुराँमा मटन र चिकेन दुवै किसिमको बिरयानी खान पाइन्छ । उहाँ भन्नुभयो, “पसलमा भीड लाग्ने गरेकाले दुईजनालाई रोजगार पनि दिएको छु र यो पेशाबाट सन्तुष्ट छु ।” उहाँले प्रतिप्लेट मटन बिरयानी रु १५० र चिकेन बिरयानी रु ८० दरले बेच्नु हुन्छ । भाटभटेनी सपिङमलमा खरीद गर्न आउने ग्राहकहरु एकपटक आफ्नो रेस्टुराँमा पनि छिर्ने गरेकाले व्यापार राम्रो चलेको उहाँ बताउनुहुन्छ ।

यस्तै विराटनगर मुख्य बजार ट्राफिक चोक छेउमा चार महिनादेखि सञ्चालनमा आएको अरबियन बिरयानी हाउसका सञ्चालक अज्नान अलीले हालै आफूले रु आठ लाख लगानी गरेर यो व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । यहाँ बिहान १० देखि राति ९ बजेसम्म बिरयानी खान आउने ग्राहकको भीड लाग्ने गर्दछ । भर्खर शुरुआत गरेको भए पनि व्यापार राम्रो हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले ग्राहकले माग गरेमा उनीहरुको घरसम्म पु¥याउने व्यवस्थासमेत रहेको बताउनुभयो । यहाँ चिकेन प्रतिप्लेट रु १५० का दरले बिक्री हुने गरेको छ ।ठाउँ सफा र कामदार पनि सफसुग्घर भएर बस्नाले यहाँ अन्य ठाउँको भन्दा फरक देखिएको छ । उहाँले बिरयानी बनाउनका लागि लखनउबाट तालीम लिएर आएका कुकलाई रोजगार दिनुभएको छ । ग्राहकलाई सेवा दिने अन्य पाँचजना सहयोगी पनि राराखिएको छ । यहाँ बनाइने बिरयानीमा थकाली बास्मती चामल र अन्य मसलाहरु प्रयोग गरिने भएको फरक स्वादको अनुभूति गर्न पाइन्छ । अरबियन बिरयानी हाउसमा बिरयानी खाना आउनुभएको विराटनगरकी सीमा यादव भन्नुहुन्छ, “यहाँको बिरयानी मलाई निकै स्वादिष्ट लाग्यो, म यो हाउसको नियमित ग्राहक हुँ, बिरयानी खाएको मज्जा नै बेग्लै छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah