भर्खर ५० वर्ष भएको बंगलादेशले विश्वलाई महत्वपूर्ण पाठ सिकाएको छ– समाजको सबैभन्दा सीमान्तीकृत समुदायमाथिको लगानीले सबैभन्दा बढी प्रतिफल दिन्छ

विश्वको सबैभन्दा धनी र शक्तिशाली देश भएर पनि अमेरिकाले जुन विकराल स्तरको बाल–गरिबीलाई स्विकारेको छ, त्यो यो देशमाथिको नैतिकतामा लागेको सबैभन्दा ठूलो धब्बामध्ये एक हो । राष्ट्रपति बाइडेनको १.९ ट्रिलियन डलरको ‘अमेरिकन रेक्स्यु प्लान’ बुधबार अमेरिकी संसद्बाट स्वीकृत भएसँगै अमेरिकाले सो धब्बालाई पखाल्ने निर्णय गरेको छ । बाइडेनको सहायता योजनाको सबैभन्दा ऐतिहासिक पक्ष बाल–गरिबी घटाउने प्रवाधानहरू हुन् । कोलम्बिया विश्वविद्यालयको एक अध्ययनअनुसार अहिले प्रस्ताव गरिएको कदमलाई स्थायी बनाइयो भने बाल–गरिबी आधा घट्नेछ । बाइडेनले बालबालिकालाई गरेको सहयोगलाई फ्रांकलिन रुजबेल्टले सामाजिक सुरक्षामार्फत अमेरिकाका ज्येष्ठ नागरिकलाई पुर्‍याएको सहायतासँग तुलना गर्न सकिनेछ । यो अमेरिकी नीतिमा आएको एक क्रान्ति नै हो । अमेरिकाले ढिलो भए पनि विपन्न बालबालिकामाथि लगानी गर्नुपर्छ भन्ने स्विकारेको छ । विपन्न बालबालिकामाथिको लगानीबाट हुने फाइदा हामीले अमेरिकाबाट हजारौँ माइल टाढाको मुलुक बंगलादेशबाट सिक्न सक्छौँ ।

५० वर्षअघि यही महिना बंगलादेशको जन्म भएको थियो । यो राष्ट्रले जन्मने क्रममा नरसंहार, गरिबी र भोकमरीजस्ता ठूलो कठिनाइ भोगेको थियो । सन् १९७४ को भोकमरीको फोटोले विश्वमै बंगलादेश दयाको पात्र बनेको थियो । सन् १९९१ मा समुद्री आँधीले झन्डै एक लाख मानिस मरेपछि लेख लेख्दै मैले बंगलादेशको भविष्यप्रति निराशा व्यक्त गरेको थिएँ । तर, मेरो निराशा गलत साबित भयो । समुद्री आँधीपछि बंगलादेशले तीन दशकको असाधारण प्रगति हासिल गरिसक्यो । आर्थिक वृद्धिदर निरन्तर बढ्यो । विश्व बैंकका अनुसार कोरोना महमारी सुरु हुनुअघिका पाँच वर्ष बंगलादेशको अर्थतन्त्र बर्सेनि ७ देखि ८ प्रतिशतले बढ्यो, जुन चीनको भन्दा बढी हो । बंगलादेशका नागरिकको औसत आयु ७२ वर्ष छ, जुन अमेरिकाका केही स्थानमा भन्दा बढी हो । बंगलादेश एक समय आशाहीनताको प्रतीक थियो, तर आज ऊ कसरी प्रगति गर्ने भनेर विश्वलाई सिकाउने ठाउँमा पुगेको छ ।

बंगलादेशले यो सफलता कसरी हासिल गर्‍यो ? जवाफ शिक्षा र बालिकामाथिको लगानीमा पाइन्छ । सन् १९८० को दशको सुरुमा एकतिहाइ बंगलादेशीले मात्र आधारभूत विद्यालय पूरा गरेका थिए । बालिका शिक्षा प्राथमिकतामा पर्दैनथ्यो । अर्थतन्त्रमा महिलाको योगदान नगन्य थियो । त्यसपछि सरकार र नागरिक संगठनले शिक्षा र बालिका शिक्षालाई प्रवर्द्धन गर्न थाले । आज बंगलादेशका ९८ प्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गर्छन् । अझ आश्चर्यजनक तथ्य के छ भने बंगलादेशको माध्यमिक तहमा केटाको भन्दा केटीको संख्या बढी पुगेको छ ।

हामीले अर्बपतिबाट अहिलेको भन्दा उत्पादकत्व हासिल गर्न सक्दैनौँ । तर, यदि हामीले उच्च शिक्षा पूरा नगर्ने अमेरिकाका सातमध्ये एक बालबालिकामाथि लगानी गर्‍यौँ भने लगानीको तुलनामा बढी प्रतिफल आउनेछ । 

‘बंगलादेशमा महिलाको स्थितिमा चामत्कारिक रूपान्तरण भएको छ । रूपान्तरणको काम सबैभन्दा पहिले गरिब महिलाबाट सुरु गरिएको थियो,’ बंगलादेशमा लघुवित्त सुरु गर्ने नोबेल शान्ति पुरस्कार मुहम्मद युनुसले भने । युनुसको लघुवित्त कार्यक्रम बंगलादेशबाट विश्वभर फैलिएको छ । युनुसले स्थापना गरेको ग्रामीण बैंकले धेरै महिलालाई व्यवसायी बनायो । बंगलादेशको शिक्षा दर बढिरहँदा र महिलाहरू सशक्त हुँदै गर्दा नवशिक्षित महिला देशको अर्थतन्त्रको खम्बा बने । देशको गार्मेन्ट उद्योगले महिलालाई थप अवसर दियो । आज बंगलादेश चीनपछि विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातक मुलुक हो । गार्मेन्ट उद्योगमा समस्या नभएका होइनन् । पश्चिमी मापदण्डका आधारमा बंगलादेशका उद्योगले मजदुरलाई न्यून ज्याला तिर्छन् । साथै, उद्योगभित्र दुर्व्यवहार तथा यौनशोषणका घटना घटेका सुनिन्छन् । सुरक्षाका प्रावधान अवलम्बन गर्ने कुरामा पनि ती कमजोर छन् । सन् २०१३ मा यस्तै कमजोर गार्मेन्ट उद्योग भत्किँदा ११ सयभन्दा बढी श्रमिकको ज्यान गएको थियो । यी सबका बाबजुद गार्मेन्ट उद्योगमा काम गर्ने श्रमिक त्यहाँको स्थिति खेतीकिसानीभन्दा राम्रो भएको बताउँछन् । ट्रेड युनियन तथा नागरिक समाजको जोडबलले केही सुधार पनि देखिएका छन् ।

गार्मेन्ट उद्योगका अतिरिक्त बंगलादेशमा महिलाहरू खोप अभियानको अभिन्न हिस्सा हुन् । उनीहरू ट्वाइलेट प्रयोगको प्रवर्द्धन गर्ने कार्यक्रममा पनि अग्रस्थानमा हुन्छन् । उनीहरू प्रौढ शिक्षा सञ्चालन गर्छन् । परिवार नियोजनको साधनबारे मानिसलाई बुझाउँछन् र बालविवाहलाई दुरुत्साहित गर्छन् । बंगलादेशले यी सफलता कुनै महान् राजनीतिक नेतृत्वको बलमा हासिल गरेको होइन । उसले मानव पुँजीमा लगानी गर्‍यो र त्यसबाट विकसित आयामबाट अमेरिकाले पनि सिक्न सक्छ । विश्व बैंकले बंगलादेशलाई ‘गरिबी निवारणको प्रेरणादायी उदाहरण’ भनेको छ । १५ वर्षको अवधिमा २.५ करोड बंगलादेशी गरिबीबाट उकासिएका छन् । सन् १९९१ देखि कुपोषणबाट अशक्त हुने बंगलादेशी बालबालिकाको हिस्सा आधाले कम भएको छ र भारतको भन्दा न्यून स्तरमा छन् ।

अझ बंगलादेशको असाधारण सफलता जनसंख्या वृद्धिदर न्यूनीकरणमा देखिन्छ । बंगलादेशका महिलाले एक समय औसतमा सात बालबालिका जन्माउने गर्थे भने हाल प्रत्येक महिलाले औसतमा जम्मा दुई बच्चा जन्माउँछन् । छोटोमा भन्दा बंगलादेशले समाजको सबैभन्दा बेवास्तामा परेको वर्ग अर्थात् गरिबमाथि लगानी गर्‍यो । समाजको सबैभन्दा सीमान्तीकृत समुदायमाथिको लगानीले सबैभन्दा बढी प्रतिफल दिने गर्छ । अमेरिकामा पनि यो रणनीति उचित ठहरिन सक्छ । हामीले अर्बपतिबाट अहिलेको भन्दा उत्पादकत्व हासिल गर्न सक्दैनौँ ।तर, यदि हामीले उच्च शिक्षा पूरा नगर्ने अमेरिकाका सातमध्ये एक बालबालिकामाथि लगानी गर्‍यौँ भने लगानीको तुलनामा बढी प्रतिफल आउनेछ । बाल–गरिबीमथि बाइडेनको कार्यक्रमले पनि त्यही उपलब्धि हासिल गर्न सक्छ । बंगलादेशले सिकाएको पाठ हो, सीमान्तीकृत समुदायमाथिको लगानी दयाको विषय मात्र होइन, त्यसले देशलाई बलियो बनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah