काठमाडौं २ चैत । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । हिजोदेखि शुरु भएको बैठकमा पार्टीको नाम फेर्नेदेखि सांसदलाई कारबाही गर्नेसम्मका एजेण्डा छन् ।

हिजोको बैठकमा प्रदेश इञ्चार्जहरूले रिर्पोटिङ गरेका थिए । आफ्नो प्रदेशको संगठनात्मक अवस्थाबारे केन्द्रीय कमिटीमा उनीहरूले गरेको रिर्पोटिङका आधारमा थप संरचना निर्माण गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

नेकपा विघटनपछि के कति नेता कार्यकर्ता एमालेमा प्रवेश गरे भन्ने आँकडाको रिपोर्टिङ प्रदेश इञ्चार्जले गरेका थिए । आजको बैठकमा प्रदेश इञ्चार्जको रिपोर्टिङमा थप छलफल हुनेछ ।
आजको बैठकमा पार्टीको नाम फेर्नेबारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्नेबारेमा छलफल भएको थियो ।

त्यही आधारमा केन्द्रीय कमिटीमा प्रस्ताव आएको हो । आजको केन्द्रीय कमिटी बैठकले यस विषयको टुंगो लगाउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी मनोनीत सांसदहरूको कारबाही प्रक्रिया पनि शुुरु गर्ने निर्णय हुनेछ ।
संघीय सरकारमा मन्त्री भएका नेताहरू माओवादी केन्द्रमा फर्किने सम्भावना कम भए पनि प्रदेशका केही सांसदहरू माओवादीमा फर्किने सम्भावना भएकाले कारबाहीमा केही दिन ढिला भएको हो ।

संघ र प्रदेशमा गरी १२ जना सांसदसहित २३ नेता एमालेमा लागेका छन् । त्यसमध्ये कर्णालीका प्रदेश सांसद ठम्मर विष्टले फिर्ता हुने संकेत गरेका छन् । विष्टले आइतवार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट पनि गरेका छन् । माओवादीले कारबाही प्रक्रिय सुरु गरेपछि सांसद पद भने खारेजीको प्रक्रियामा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah