काठमाडौँ । नेकपा एमालेको ओली र नेपाल समूहबीचको बैठक सम्पन्न भएको छ ।

आज अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको हो ।

वार्ता सकरात्मक भएको नेता रघुजी पन्‍तले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल समूहले फागुन २८ गते ओलीले गरेको निर्णय आफूहरूले नमान्‍ने जानकारी गराएका छन् ।

उक्त निर्णय रद्द गरेर सहजीकरण गर्नुपर्ने आफूहरुको बटमलाइन रहेको नेता भीम रावलले पत्रकारहरुलाई जानकारी गराउनुभयो । उहाँले नेकपा एमालेको एकताको पक्षमा आफूहरु रहेको प्रष्ट पार्नुभयो । उहाँले चार महिनापछि अध्यक्ष ओलीले देखाउनुभएको तत्परता सकरात्मक रहेको बताउनुभयो ।

बैठकमा ओली समूहबाट ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो । यस्तै नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी हुनुभएको थियो ।

नेपाल र ओलीबीच पछिल्‍लो समय कात्तिक २५ गते भेटवार्ता भएको थियो । चार महिनापछि पुनः आज वार्ता भएको हो । सर्वोच्‍च अदालतले एमाले ब्युँताएपनि आन्तरिक चर्को विवाद भने थप उचाइमा पुगेको छ । पार्टी ब्यूँतिएपछि ओलीले एकपक्षीय रुपमा नेपाल समूहका केही नेतालाई हटाउनुभएको थियो । त्यस लगत्तै नेपाल समूहले पनि केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah