जनकपुर । धनुषाको जनकपुरमा मनोनयन दर्तालाई लक्षित गरी प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनता पार्टी राजपाका ४१ कार्यकर्ता पक्राउ परेका छन् ।

आफूहरुले उठाउँदै आएका मागलाई बेवास्ता गरेर प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव गर्न लागिएको भन्दै आक्रोशित राजपाका कार्यकर्ताले प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साहसहित ४१ कार्यकर्ता पक्राउ परेका धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यले हाम्राकुरालाई जानकारी दिए ।

एसपी आचार्यले भने, ‘अनाहकमा प्रहरीलाई ढुंगा प्रहार गरेपछि पक्राउ गरिएको हो । ढुंगा हान्नेलाई पक्राउ गरेर प्रहरी कार्यालय ल्याउँदा अर्को एक हुल पक्राउ परेकालाई छुटाउन भन्दै  जबरजस्ती  प्रहरी कार्यालयमा घुसेपछि पक्राउ गर्नु पर्ने अवस्था आयो ।’

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले पक्राउ गर्दा विभा ठाकुर र सरिता शर्मा बेहोस समेत हुन पुगेका छन् । लडेपछि उनीहरुलाई चोट लागेको र जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उश्रृंखल गतिविधि गरेका प्रदर्शनकारीले जनकपुर उप–महानगरपालिकाको ल्याण्ड कृजर गाडीमा तोडफोड गरेका छन् । जनकपुरको अवस्था विहानै देखि तनावग्रस्त रहयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah