जग्गामा लगानी गर्ने व्यक्तिको मुख्य गरी २ वटा उदेश्य हुन्छन् । पहिलो, घर बनाएर बस्ने र दोस्रो नाफा निकालेर बेच्ने । व्यवसायिक रुपमा नै घर जग्गाको कारोबार गर्नेहरुको उदेश्य भने एउटा मात्रै हुन्छ, त्यो हो नाफा निकालेर बिक्रि गर्ने ।

कारोबारको भाषामा भन्नुपर्दा घर जग्गाबाट नाफा कमाउनुलाई ‘हाई रिटर्न अफ इन्भेस्टमेन्ट’ भन्ने चलन छ । यो भनेको उच्च नाफा कमाउनु हो ।

कसरी कमाउने नाफा ?

घर जग्गामा लगानी गरेर प्रतिकफल कमाउन सामान्यतया केही ज्ञानहरु भने हुनुपर्ने रियलस्टेट व्यवसायीहरु बताउँछन् । आधारभूत ज्ञान लिएर व्यवसायमा हात हाले काम गर्दै जाँदा धेरै कुराहरु सिक्न सकिने उनीहरुको भनाई छ ।

रियलस्टेट क्षेत्रका लागि वित्तीय व्यवस्थापनको तरिका, भाडाको रणनीति, लगानीयोग्य रकम र लगानी गर्ने स्थान लगायत केही आधारभूत ज्ञान भने नभई नहुने व्यवसायीहरुको अनुभव छ । अहिले थोरै मूल्य पर्ने सम्पत्ति खरिद गरेर पछि उच्च प्रतिफल प्राप्त गर्न सकिने भएपनि अहिले नै मूल्य आकाशिएको स्थानमा जग्गा किनेर उच्च नाफा कमाउँछु भन्दा उल्टै घाटा खानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि अनुभवी व्यवसायीले दिने गरेका छन् ।

रियलस्टेट क्षेत्रका विज्ञसँग पनि निरन्तर छलफल र संवादमार्फत आफूसँग भएकोभन्दा उच्च ज्ञान लिन सकिने भएकाले व्यवसायीले यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । सम्पत्तिको आकर्षणभन्दा बढी त्यसबाट आर्जन गर्न सकिने नाफामा बढी ध्यान दिईनुपर्ने विज्ञहरु बताउँछन् ।

अहिलेको युग भनेको सूचना प्रविधिको युग भएकाले अधिकतम सूचना प्रविधिको प्रयोग गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

बिक्रिमा राखिएका सबै सम्पत्ति हेर्ने र निर्णय भने आफ्नो ज्ञान र विज्ञको सुझावका आधारमा लिनुपर्ने हुन्छ । यसले लगानीकर्तालाई सजिलो पनि बनाईदिएको छ । अनलाइनबाटै राम्रो प्रतिफल दिने ठाउँको खोजी गर्न सकिन्छ ।

घर जग्गामा लगानी गरेर उच्च नाफा कमाउन सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासोन्मुख ठाउँ रोज्नु हो । विकास भइसकेका ठाउँमा लगानी गरेर राम्रो नाफा कमाउन नसकिने र विकास हुने, हुँदै गरेका र विभिन्न परियोजनाको नक्साले छोएका ठाउँमा लगानी गर्दा प्रतिफल पनि राम्रो पाइन्छ ।

‘उच्च प्रतिफल पाउन विकासोन्मुख ठाउँमा लगानी गर्नुपर्छ, जहाँ आज नभई भोलिका दिनमा विकास निर्माण भएर जग्गाको मूल्य बढ्न सक्छ’ एकजना रियलस्टेट व्यवसायी भन्छन्, ‘पहिल्यै भाउ बढिसकेको ठाउँमा पनि भाउ त बढ्छ, तर निकै विस्तार बढ्छ । यसमा लगानी बढी र नाफा कम हुन्छ ।’

निर्माणाधीन नयाँ शहर आसपास, घोषित औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र र विभिन्न विकासे आयोजना बन्ने र प्रस्तावित ठाउँमा लगानी गर्नु बुद्धिमानी हुने व्यवसायीहरुको अनुभव छ । बिज पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah