दोस्रो चरणको निर्वाचन हुनेमध्येको सबैभन्दा धेरै स्थानीय तह रहेको प्रदेश नम्बर एकमा उमेदवारले आफ्नो मनोनयन दर्ता सुरु गरेका छन् । प्रदेश नं. १ मा सक्रिय दलहरुका तर्फबाट उमेदवारी दर्ता सुरु भएसँगै दलहरुले आफ्नो प्रतिस्पर्धी पहिल्याउँदै सोहीअनुसार तयारी समेत गरिरहेका छन् ।

यसैबीच, दलहरुले आफ्नो स्थानीय उपस्थिति हेरेर अन्य दलसँग तालमेल तथा एकल उमेदवारी दिँदैछन् । १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ स्थानीय तह रहेका छन् ।
प्रदेश नं. १ का अधिकांश ठाउँमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी माओवादीले पनि आफ्नो उपस्थिति बलियो हुने दाबी गर्छ ।

यता राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलले पनि यो चुनावमा आफ्नो प्रभाव क्षेत्रहरुमा विजयी हुने दाबी गरिरहेका छन् ।

यद्यपि, नेपाली कांग्रेस बलियो मानिएको प्रदेश नं. १ को एकमात्र महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।

कांग्रेसको तालमेल माओवादीसँग
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश १ का अधिकांश स्थानीय तहमा तालमेल गरेको छ । पार्टीको स्थानीय अवस्था हेरेर केही स्थानमा तालमेल गरिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका अनुसार कांग्रेसले धनकुटामा राप्रपासँग एक स्थानीय तहमा तालमेल गर्न लागेको जानकारी दिए ।

“कांग्रेस खासै तालमेलको पक्षमा छैन । एक्लै चुनाव लड्न सक्षम छ,” उनले भने, “केही ठाउँमा स्थानीय आवश्यकता हेरेर चुनाव जित सुनिश्चित गर्न तालमेल हुनसक्छ । अहिले नै सबै ठाउँको जानकारी आइसकेको छैन ।”

७५ प्रतिशत स्थानीय तह जित्ने एमालेको दाबी

एमालेले प्रदेश नम्बर १ मा करिब ७५ प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने दाबी गरेको छ ।

एमाले प्रदेश एकका इन्चार्ज भीमप्रसाद आचार्यले प्रदेश नं. १ मा एमाले पहिलो पार्टीमात्रै नभई दुई तिहाईभन्दा बढी स्थानमा जित्ने दाबी गरे ।

“जनता नै हामीसँग छन् । एमालेको जित्ने आधार त्यही हो,” उनले भने । आचार्यका अनुसार एमालेले विराटनगरमा विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग तालमेल गरेको छ ।

विराटनगरमा जित सुनिश्चित गर्न तालमेल गरेको उनले जानकारी दिए । त्यसैगरी, पाँचथरको तुमदेवा गाउँपालिकासँग माओवादी केन्द्रसँग तालमेल गरी एमालेले उपाध्यक्षमा उमेदवारी दिएको छ ।

अन्य स्थानीय तहमा एमालेले अहिलेसम्म एकल उमेदवारीको तयारी गरेको उनले जानकारी दिए । “स्थानीय स्तरमा वडासम्म तालमेल हुन सक्छ । त्यो जानकारी आइसकेको छैन,” उनले भने ।

३५ देखि ४० ठाउँ जित्छौं : माओवादी केन्द्र
संसदको प्रतिनिधित्वका आधारमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये ३५ देखि ४० स्थानमा जित्ने दाबी गरेको छ ।

माओवादी सांसद श्रीप्रसाद जवेगुका अनुसार अधिकांश स्थानमा माओवादी प्रतिस्पर्धामा रहेको जानकारी दिए । माओवादीले विराटनगर महानगरमा संघीय समाजवादी फोरमसँग तालमेल गर्दै फोरमको मेयरलाई सहयोग गर्ने भएको छ ।
उनले माओवादीले तेह्रथुममा जिल्लाका ६ स्थानीय तहमध्ये एक नगरपालिका र एक गाउँपालिकामा माओवादी, १ नगर र ३ गाउँपालिकामा कांग्रेसको प्रमुख रहने गरी तालमेल गरिने भएको छ ।

त्यसैगरी पाँचथरको तुमवेवा गाउँपालिका एमाले उपाध्यक्ष दिएर माओवादी केन्द्रले अध्यक्ष लिने भएको छ । त्यसैगरी कुमयायक गाउँपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गरेको सांसद जवेगुले जानकारी दिए ।

यता फोरम लोकतान्त्रिकको मोरङ र सुनसरीमा राम्रो उपस्थिति रहेको बताइएको छ भने संघीय समाजवादी फोरमको पनि उत्तरका केही जिल्ला तथा मोरङ र सुनसरीमा केही स्थानीय तह जित्न सक्ने सम्भावना छ ।

त्यस्तै राप्रपाको इमाल, झापा र सूर्यबहादुर थापाको जन्मथलो धनकुटामा केही सिट जित्नसक्ने आँकलन गरिएको छ ।

१३७ स्थानीय तह रहेको प्रदेश नं. १ मा ३ हजार ४५९ मतदान केन्द्र रहेका छन् भने २६ लाख ७४ हजार ५६३ मतदाता रहेका छन् ।बाह्खरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah