किशोर अवस्था पार गरेसँगै महिलाहरुमा महिनावारी सुरु हुन्छ । यो महिलाको एकदमै पीडादायी समय पनि हो । यो समयमा रगत बग्ने भएकाले थकान महशुस हुनुका साथै स्वास्थ्यमा पनि शिथिलता आउन सक्छ । महिनावारी भएको समयमा कुनै कामहरु अन्जानवश गरिन्छ । जसका कारण पछि गएर गुप्ताङगमा समस्या पर्ने देखि लिएर भविष्यमा प्रजनन् समस्या समेत निम्तिन सक्छ ।

तसर्थ महिनावारी भएको समयमा भुलेर पनि गर्न नहुने कामहरु यस्ता रहेका छन् :

महिनावारी भएको समयमा जथाभावी कपडाहरुको प्रयोग नगर्ने- सम्भव भएसम्म स्यातिटरी प्याड वा नरम कपडाको प्रयोग गर्ने ।

एउटै प्याड धेरै समयसम्म प्रयोग नगर्ने- कम्तिमा पनि ३ वा ४ घण्टाको फरकमा प्याड परिवर्तन गर्ने । यसो गर्नाले व्याक्टेरियल इन्फेक्सनको खतरा हुन्न ।

व्रत नबस्ने – यो समयमा रक्तश्रावका कारण शरीर कमजोर हुने भएकोले शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरि रहेको हुन्छ । तसर्थ यो समयमा व्रत बस्नाले शरीरमा गम्भीर असर पर्न सक्छ ।

धेरै कफी नपिउने- महिनावारीको समयमा शरीरलाई बढि मात्रामा पानीको जरुरत पर्दछ । त्यसैले यो समयमा धेरै कफी पिउनाले शरीरलाई डिहाइड्रेट गर्दछ जसका कारण पेट दुख्ने गर्दछ ।

ज्यादा काम नगर्ने लामो समयसम्म काम गर्ने- धेरै कठिन काम गर्दा,धेरै तनाव लिदा शरीरलाई गमि्भर असर पर्न जान्छ । जसले गर्दा पेट दुख्ने,कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

यौन सम्पर्क नगर्ने – यो समयमा महिलाको योनिबाट विकारयुक्त रगत बाहिरिने हुनाले यो समयमा यौन सम्पर्क नगर्ने ।यसले इन्फेक्सनको खतरा हुन्छ भने अन्य रोग लाग्ने सम्भावना पनि रहन्छ । यसका साथै यो समयमा यौन सम्पर्क गर्दा पेट दुख्ने समस्या पनि बढ्न सक्छ ।

जङ्कफूड नखाने- महिनावारीको समयमा शरीरलाई धेरै मात्रामा भिटामिनको जरुरत पर्ने हुनाले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खानेकुरा मात्रै खाने । जस्तै पिज्जा, वर्गर, चिप्स, चाउचाउ, सेन्डविच लगायतका जङ्कफड नखाने । जसले गर्दा शरीरमा आवश्यक भिटामिन र मिनरल्स प्राप्त हुन सक्दैन । जसले गर्दा शरीर कमजोर हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah