पालैपाले मनोनय दर्ता गरेका झापा दमकका राजनीतिक दलहरुले आफ्नो शक्ति प्रर्दशनलाइ ब्यापक बनाएकाछन् । यसैक्रममा माओबादी केन्द्रले पनि ब्यापक रुपमा र्याली सहित उम्मेदवारी मनोनय गरेको छ ।
मेयरमा रेवतराज पुरी र उपमेयरमा शान्ति धिमाल सहित सम्पूर्ण वडाध्यक्ष तथा वडासदस्यहरु उम्मेदवारी मनोनयन गरेकाहुन् ।
दमक नगर सह इन्जार्ज बेदु गौतमका अनुसार माओबादीलाइ गुगलमा खोज्नु पर्छ भन्नेहरुका लागि आफूहरुको र्याली गतिलो झापड भएको बताए ।
दमक चौकदेखि र्याली दमक नगरपालिका अगाडि पुगेको थियो । त्यसपछि उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी मनोनय गरेका थिए । माओबादी कार्यकर्ताहरु उत्साहका साथ र्यालीमा सहभागि भएको जनाइएको छ ।



