नेपाली बजारमा केटीएम मोटरसाइकलको मूल्य बढेको छ । नेपालका लागि केटीएम बाइकको अधिकारिक वितरक गोल्छा ग्रुपले चैत १ देखि नै लागू हुने गरी मोटरसाइकलको मूल्य बढाएको हो ।
जसमा सबैभन्दा बढी केटीएम २५० ड्युक र ३९० ड्युकको मूल्य बढेको छ ।
केटीएम २५० सेग्मेन्टको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस अघि ६ लाख ५९ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै केटीएम ३९० ड्युकको ८ लाख ७९ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ। यस अघि ८ ला ४९ हजार ९ सय थियो ।
केटीएम २०० ड्युक एबीएस र आरसी २०० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य क्रमशः ५ लाख ४४ हजार ९ सय र ६ लाख १९ हजार ९ सय रुपैयाँ छ । बिशेषगरी युवाहरुको रोजाइमा पर्ने गरेको छ ।



