झापाको दमक नगरपालिकाको प्रमुखमा १५ जनाले उम्मेदवारी मनोनयन गरेकाछन् । यस नगरमा सात जना स्वतन्त्रसहित १५ जनाले प्रमुख पदमा उम्मेदवारी मनोनयन गरेकाहुन् । उपप्रमुखमा पनि कम उम्मेदवारी परेको छ । दुई स्वतन्त्रसहित नौ जनाले उपमेयरमा उम्मेदवारी मनोनयन गरेको पाईएको छ ।
दमकका प्रमुख निर्वाचन अधिकृत देवराज फुयालका अनुसार नेपाली कांग्रेसबाट प्रमुखमा ढुण्डिराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराई, एमालेबाट प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता पौड्याल अधिकारी, माओवादी केन्द्रबाट प्रमुखमा रेवतराज पुरी र उपप्रमुखमा शन्तिदेवी धिमाल, राप्रपाबाट प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ बस्नेतले उम्मेदवारी मनोनयन गरेकाछन् ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले संयुक्त रूपमा सतिश साहलाई प्रमुखक र उपप्रमुखमा गंगासागर शेर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रमुखमा देउकुमार लिम्बु र उपप्रमुखमा सावित्रा गुरुङ, नेपाल फोरम लोकतान्त्रिकबाट प्रमुखमा कुमार भुजेल र उपप्रमुखमा सुष्मी साहले उम्मेदवारी मनोनयन गरेकाछन् ।
यसैगरि अहिले चर्चामा रहेको विवेकशील नेपाली दलका तर्फबाट सुवास सुवेदी र स्वतन्त्रहरुमा गोविन्दप्रसाद भट्टराई, अर्जुन बुढाथोकी, वीरसिंह धिमाल, ओमनाथ बस्नेत, देवीप्रसाद गौतम, मधु थापामगर र सुन्दर देवानले प्रमुखमा उम्मेदवारी मनोनयन गरेकाछन् ।
प्रकाश नेपाल र भवानीप्रसाद मिश्रले उपप्रमुखमा उम्मेदवारी मनोनयन गरेकाछन् । दमक नगरपालिकाका १० वटा वडा अध्यक्षका लागि ६४, खुला सदस्य १०५, महिला सदस्य ५० र दलित महिला सदस्य ४८ जनाले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।



