काठमाडौं- सन्तोषी श्रेष्ठ सापकोटा हत्याको कारण पारिवारिक बेमेलसँगै आर्थिक पाटो रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सन्तोषीको हत्या आरोपमा उनका श्रीमान सन्तोष सापकोटा पक्राउ परेसँगै हत्याको कारण खुलेको प्रहरीको दाबी छ। उनलाई मंगलबार साँझ बल्खुबाट प्रहरीले पक्राउ गरेको थियो ।विगत एक वर्षदेखि श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएको र सन्तोषी जोरपाटीस्थित माइतीमा बस्न थालेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी रमेश बस्नेतले बताए। झण्डै एक वर्षपछि बल्खुस्थित घर पुगेकी उनलाई सन्तोषले हम्मरले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। आइफोन, सुनको मुन्द्रा २ थान, हातमा लगाउने बाला र २३ हजार नगद सन्तोषीसँग भएको पाएपछि श्रीमान सन्तोषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



