काठमाडौं । देशकै ठुलो र पुरानो वीर अस्पताल तथा स्नाकोत्तर र सो भन्दा माथिको अध्ययन अध्यापन हुने वीर अस्पतालको आन्तरिक अवस्था दयनीय बन्न पुगेको छ ।दैनिक २५ सयसम्म विरामीले उपचार गराउने वीरमा कर्मचारी व्यवस्थापन देखि निर्देशकको अभावमा आन्तरिक समस्याहरु झेलिरहेको छ । करिब १४ सय जना कर्मचारीले दुई महिना देखि तलव नपाएको र विगत आठ महिनादेखि विभिन्न शिर्षकका भत्ता समेत पाउन नसकेको कर्मचारीहरुको गुनासो छ ।

अस्पतालको निर्देशक पद रिक्त भएका कारण कर्मचारीहरुले आठ महिनादेखि सेवा बिस्तार भत्ता र शैक्षिक भत्ता ,कोभिड भत्ता, जोखिम भत्ता पाउन नसकेका हुन् । अस्पतालमा प्रतिष्ठान सेवाका सातसय र स्वास्थ्य तथा निजामति सेवा अन्तर्गत साथै काजका गरी अरु सातसय कर्मचारी कार्यरत छन् । निर्देशक नियुक्तीका विषयमा पनि अस्पतालभित्र मत भिन्नता देखिएको एक कर्मचारीले जानकारी दिए ।निर्देशक नियुक्तीका बारेमा अस्पतालका एकथरी कर्मचारीहरुले प्रतिष्ठानले आफ्नो ओएनएम सर्वे गरी आवश्यक दरवन्दी सेवा आयोगबाट पुर्ती गर्नुपर्ने सुझाएपनि उपकुलपतिले कुनै सिफारिस नगरेको बताएका छन् ।

केही कर्मचारीहरुले भने अस्पताल भित्रै काम गरेको, अस्पताललाई बुझेको र मन्त्रालय सग समन्वय गरी अनुदान ल्याउन सक्ने, सेवा सुविधा बढाउन सक्ने बिग्रिएको उपकरण मर्मत गरी सन्चालन गर्ने सक्ने ,नया सर्जिकल भवन सन्चालन गर्ने सक्ने ,दुवाकोटको परियोजनालाई अगाडी बढाउन सक्ने योग्य चिकित्सकलाई निर्देशक नियुक्ति गर्न उपकुलपति र स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन् । जसअनुसार अस्पतालको सबैभन्दा बरिष्ठ ११ तहका डा.सरोज शर्मा, डा.भुपेन्द्र बस्नेत ,डा दिपेन्द्र श्रेष्ठ, र डा रमिला श्रेष्ठको नाम चर्चामा ल्याइएको छ ।

तत्काल रमाना दिन माग
वीर अस्पतालमा लामो समयदेखि समायोजनमा परेर पनि तीन दर्जन कर्मचारी रमाना नलिई अस्पतालको खरिद ,मेडिकल बोर्ड र स्टोरमा बसेर काम गरिरहेका छन् । तिनिहरुको तत्काल रमाना दिनुपर्ने माग कर्मचारीहरुको छ । त्यस्तै अस्पतालको आम्दानी बढाउन, सेवा सुधार तथा बिस्तार, बिग्रिएको उपकरण मर्मत ,नयाँ सर्जिकल भवन सन्चालन गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah