सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै १.५ गुणा भन्दा धेरै आवेदन परेका छन्।

बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा २ लाख ४२ हजार ८६१ जना आवेदकबाट ४० लाख ८३ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको १.५ गुणा भन्दा धेरै हो।

कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिने छ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah