प्रधानमन्त्री भएको १३ दिनपछि शेरबहादुर देउवा डेरा सर्ने साइत जुरेको छ । जोतिषको सल्लाह अनुसार देउवा आज बिहानै झिसमिसेमै डेरा सरेका छन् ।

बिहान पौने ५ मा घरबाट निस्किेका देउवा ५ बजे बालुवाटार पुगेका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ ।  प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन ।

पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ ।  यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो ।

उनी जेठ २३ गते प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ आज  जुराइदिएका छन् ।उनी पूजाआजाका साथ गृह प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah