काठमाडौँ : आजकल जोकोहीं पनि फेशनको दुनियाँमा आफूलाई अपडेट राख्न चाहन्छन्। फेशनले व्यक्तिको व्यक्तित्व निखार्ने काम गर्छ। तर ज्योतिष शास्त्र अनुसार गलत ढङ्गबाट गरिएको फेशनले व्यक्तिको जीवनलाई प्रभावित गर्न सक्छ।

मनुष्यको जीवनमा ग्रहको अत्यन्तै महत्व हुन्छ। जीवनको राम्रो या नराम्रो घटनाको लागि यो ग्रह जिम्मेवार मानिन्छ। ज्योतिषविद्का अनुसार गलत तरिकाबाट गरिएको फेशनले व्यक्तिको भाग्य बिगार्न सक्छ। फेशनले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ त ?

रङ्गीबिरङ्गी जुत्ता लगाउनु

आजकल मानिसहरु रङ्गीबिरङ्गी जुत्ता लगाउन मन पराउँछन्। एक समय यस्तो थियो जतिबेला मानिसहरु कालो, खैरो या नीलो रङ्गको जुत्ता लगाउँथे। तर आजकल मानिस पहेलो, रातो, गुलाबी, हरियो आदि विभिन्न रङ्गका जुत्ता लगाउँछन्। के तपाईले कहिल्यै सोच्नभएको थियो कि जुत्ताको रङ्गको प्रभाव व्यक्तिको किस्मतमा पर्न सक्छ भनेर।

कुन रङ्गको जुत्ता लगाउनु शुभ

ज्योतिषीको अनुसार अलग-अलग रङ्गको जुत्ता अलग अलग ग्रहसँग सम्बन्धित हुन्छ। ज्योतिष अनुसार खुट्टाको हिसाबबाट शरीरमा तल्लो स्थान शनिको हुन्छ। जुत्ता-चप्पलसँग शनि र राहु, दुवैको सम्बन्ध हुन्छ। प्राय: जसको राशिमा शनि र राहु लिड गर्छ, यस्ता मानिस जुत्ता-चप्पलको व्यापारमा प्रगति गर्छन्। यसकारण खुट्टामा कालो, खैरो र नीलो रङ्गको जुत्ता लगाउनु राम्रो मानिन्छ।

यदि तपाई फेशनको लागि कुनै जुत्ता लगाउन चाहनुहुन्छ भने एउटा कुरामा विशेष ध्यान दिनुहोला, जुन रङ्गको जुत्ता तपाई लगाउँदै हुनुहुन्छ कतै त्यसले तपाईलाई प्रभावित त गरिरहेको छैन। उदाहरण, यदि तपाईको मङ्गल खराब छ र तपाईले रातो रङ्गको जुत्ता लगाउनु भएमा तपाईको मङ्गल अझ खराब हुनेछ। मङ्गल जति खराब हुन्छ, तपाईको जीवनमा मुश्किल त्यति नै बढ्नेछ।

पहेलो रङ्गको जुत्ता लगाउन सख्त मनाही

चन्द्रमा खराब हुँदा सेतो जुत्ता लगाउनबाट बच्नुहोला। ज्योतिषको अनुसार पहेलो रङ्ग देव गुरु बृहस्पतिको हुन्छ। यसकारण पहेलो रङ्गको जुत्ता-चप्पल लगाउन सख्त मनाही छ। हिन्दु शास्त्रमा पहेलो रङ्गलाई पवित्र रङ्ग मानिन्छ। खुट्टामा यस रङ्गको जुत्ता -चप्पल र धातु लगाउन सख्त मनाही छ। पहेलो रङ्गको जुत्ता-चप्पल र सुनको पाउजु लगाउँदा अपयश, दरिद्रता र बाधा आदि पैदा हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah