नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका रोमनाथ ओलीले आफ्ना प्रतिबद्धताहरु सुनाउदै गए । उनले दमकको बिकासका मोडलहरुको बिषयमा मतदातालाइ उत्साह पूर्वक कुरा राखे ।

उनले दमकलाइ भ्रष्टाचारमुक्त बनाउने मात्र बताएनन् भ्रष्टाचार गर्नेहरुलाइ पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसम्म जनाए ।

उनले आफू हरेक योजना ल्याएपछि अरुले जस्तो कमिशन नखाने, पैसा कमाउनका लागि घरमा जुवातास नखेलाउने बताउदै उनले आफ्नो पृष्ठभूमि खोल्न थालेपछि उनि भक्कानिन शुरु गरे ।

उनले भने–‘ म मेयर भएर बाहिरदा नगरपालिकाबाट आफूले पाउने ७ हजार पारिश्रमिक लिएर निस्किए त्यसमा ४ हजार छोराले चोरेर हिडेछ ।’

उनले आफूसंग अहिले एक कठ्ठा पनि जमिन नभएको बताउदै तर सुकुम्बासी नभएको जनाए । सबैको सहयोग र सदभावले बाँचेको भन्दै मेयर बनेपछि पनि आफूले इमान्दारितासंग काम गर्ने र एकपैसा पनि घूस नखाने जनाए ।

उनले भने–‘मैले कमिशन खान चाहेको भए र पैसा कमाउन चाहेको भए आज म पनि पैसा बाडेर मतदाता किन्न सक्थे होला तर उपचार गराउन पनि साथिभाइको साहारा र सहयोग छ भन्नुपर्दा मलाइ गौरव लागेर आउछ ।’

इमानलाइ बन्धक नराख्ने र दमकबासीको बिकास, सम्बृद्धि र नमूना दमकको सपना साकार पार्ने भन्दै ओलीले भने–‘मैले कमाएको र बिश्वास गरेको भने दमकबासीको अपार सद्भाव र मतदाताहरुले देखाउनु भएको म प्रतिको बिश्वास नै हो ।’

ओलीले दमकबासीले आफूले मेयर बनाएकोमा कहिल्यै पनि पछूतो नगर्ने र भ्रष्टाचारमुक्त, अनुशाषित दमक पाउने बताए ।

ओलीले आफू घरमा एउटामात्र शब्जिले छाक टार्ने, कोदालो खन्ने तर जनतालाइ झुक्याउने, गलत रुपमा प्रलोभन देखाउने काम कदाचित नगर्ने प्रतिबद्धता जनाए ।

सुकुम्बासी तथा भूमिहिनहरुको पीडालाइ राम्ररी बुझेको भन्दै उनले एकबर्ष भित्रमा दमकमा सुकुम्बासी समस्या नहुने दाबी पनि गरे । यसरी उनले आफ्नो उम्मेदवारी मनोनयनपछि आफ्ना भनाइ राख्दा मतदाताहरु भावुक भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah