विराटनगर । कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने स्थानमा कडाइसँगै स्क्रिनिङ सुरु गरिएको हो।

मोरङमा पछिल्लो चार दिनमा मात्रै दश जना सङ्क्रमित फेला परेका छन् । प्रदेश राजधानी विराटनगर प्रवेश गर्ने सीमा नाका जोगबनीमा कडाइ गर्दै महामारी नियन्त्रणको कार्य पुनः सुरु गरिएको छ । सीमा क्षेत्रबाट प्रवेश गर्नेमा आशङ्का लागेको अवस्थामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले सीमा क्षेत्रबाट आवत–जावतलाई पुनः कडाइ गर्ने र आशङ्का लागेको अवस्थामा परीक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । “मन्त्रालयबाट केही निर्देशन प्राप्त भएका छन्, ती विषयमा हामीले नयाँ निर्णय गर्नेछौँ”– प्रजिअ निरौलाले भने ।

कोरोना सङ्क्रमणका कारण सरकारले लकडाउन घोषणा गरेको एक वर्षपछि पुनःसङ्क्रमितको सङ्ख्या देखिन थालेपछि त्यसको रोकथामका उपाय अवलम्बन गरिने भएको हो। सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाकी कन्सल्टेन्ट कम्युनिटी फिजिसियन डा।सङ्गीता राईका अनुसार सीमा जोडिएका जिल्लाका नाकामा स्क्रिनिङ गर्ने र स्वास्थ्य कार्यालयलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah