समिर पाण्डे । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज अाउन केहि महिना बाकी रहदा रहदै गीत संगीतको बजारमा भने तिजका गीतहरुले बजार तताउन थाली सकेका छन यसै क्रममा अघिल्लो बर्ष “भंगेरी चरीले” बोलको तिज गीतको अपार सफलता पछी पुराना मौलिक संस्कृति बोकेको तीज गीत “चल्ती अाएको” बुलबुल मिडिया प्रा.लि.ले अाफ्नै युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरेको छ । चर्चित गायक खुमन अधिकारी र शान्ता परियारको समधुर स्वरमा रहेको सोहि गीतमा कृष्ण बाबुले शब्द लेखेका छन भने लय उनै गायक खुमन अघिकारीको रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन भने राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोमा कृष्ण बाबु र अन्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । गीत कृष्ण बाबु र शान्ता परियारको प्रस्तुतीमा बजारमा अाएको हो ।



