इलाम । कांग्रेसको नेतृत्वमा संबिधान निर्माण पछि अव गाउँमा बिकासको मुहार फेर्ने नेपाली कांग्रेसलाई जिताउनु पर्ने कांग्रेसका केन्द्रीय नेता गगन थापाले बताएका छन् । इलाम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने “कांग्रेसको अवको लडाई भनेकै नेपालबाट गरिबी हटाउनु नै हो । एमाले, माओवादी कांग्रेसको सत्रु हैनन्, कांग्रेसको सत्रु गरिबी हो यसलाई हटाउन अव कांग्रेसको नेतृत्व आवश्यक रहेको दावी समेत गरे ।
इलामको बिकासको लागि इलाम नगरपालिकाको मेयरमा हिमालय कर्मचार्यको जस्तो निष्ठावान तथा बिभिन्न लोकतान्त्रिक आन्दोलनमा इलामको नेतृत्व लिएका बिकासप्रेमी नेतालाई जिताउन सबैलाई आग्रह समेत गरे । उपमेयरमा भने कांग्रेसबाट चन्दा कार्कीले उम्मेदवारी दिए ।
इलाम नगरपालिकाको वडा न ४ र वडा ५ को सयुक्त आमसभामा असारे झरी परे पनि छाता ओडेर सर्वसाधारणहरुको उलेख्य उपस्थिति रहेको थियो । इलाम नगरपालिकाले वडा न ४ मा इलाम क्षेत्रीय सभापति दुतन देव दुलाल र वडा न ५ मा पदम पौडेललाई उम्मेदवार बनाएका छ। दुलाल इलाम कांग्रेसका निक्कै चर्चित युवा नेता हुन । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, सांसद केशव थापा लगायतले इलाम नगरपालिकामा कांग्रेसको जीत सुनिश्चित रहेको दावी गरे ।
हाम्राकुरा बाट



