दोस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का केन्द्रीय नेताहरु यतिबेला जिल्लामा खटिइरहनुभएको छ । अध्यक्ष केपी ओलीदेखि स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीका सदस्यसम्म विभिन्न जिल्लामा मुकाम नै खडा गरेर पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन लागिरहनुभएको छ ।

आफ्नो जिल्लामा निर्वाचन सकेका नेताहरु अन्य प्रदेशमा सक्रिय बन्नुभएको छ भने दुई नम्बर प्रदेशका नेताहरु पनि आवश्यकता अनुसार पार्टीका कार्यक्रममा जाने योजनामा हुनुहुन्छ ।

अध्यक्ष केपी शर्मा ओली सोमवार गृहजिल्ला झापा पुग्नुभएको छ । उहाँ असार ८ गते मात्र काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । झापाको विर्तामोड, बुद्धशान्ति, दमक, गौरादहलगायतका ठाउँमा आयोजित सभाहरुलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलामको निर्वाचनमा सक्रिय हुनुहुन्छ । सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मधेसमा पनि एमाले पहिलो हुने डरले निर्वाचन पर सारिएको बताउनुभयो ।

बरिष्ठ नेता माधवकुमार नेपालले गृहजिल्ला रौतहटमा चुनाव स्थगित भएपछि विभिन्न जिल्ला जानका लागि तयारी गरिरहेका सम्पर्क मञ्चका कार्यक्रमहरुमा सहभागिता जनाउनुका साथै विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ ।

उपाध्यक्ष वामदेव गौतम गृहजिल्ला प्यूठानमा हुनुहुन्छ । उम्मेदवारी चयनका बेलादेखि नै जिल्ला रहनुभएका उहाँले उम्मेदवारी दर्ताका दिन विभिन्न मतदान केन्द्रमा पुगी कार्यकर्तालाई उत्साहित पार्नुभएको थियो । उहाँ पूरै निर्वाचनमा प्यूठानका साथै बर्दियामा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

छ नम्बर प्रदेशमा निर्वाचन सकिएपछि उक्त प्रदेशका संयोजक तथा उपाध्यक्ष युवराज ज्ञवाली अहिले दाङमा सक्रिय हुनुहुन्छ ।

सात नम्बर प्रदेश प्रमुख तथा उपाध्यक्ष भीम रावल दुई सातादेखि सुदूरपश्चिमका जिल्लाहरुमा व्यस्त हुनुहुन्छ । सुदूरका विकट जिल्लाहरुमा आयोजित सभाहरुमा उपस्थित भएर उहाँले कार्यकर्ता पंक्तिलाई उत्साहित पारिरहनुभएको छ ।

महासचिव ईश्वर पोखरेलले ७ गते ओखलढुंगा, १० गते भोजपुर र ११ गते धनगढीमा आयोजित सभालाई सम्बोधन गर्नुहुनेछ ।

पाँच नम्बर प्रदेश संयोजक तथा उपमहासचिव विष्णु पौडेलले एक महिनादेखि रुपन्देहीलाई केन्द्र बनाएर प्रदेशको कमान्ड सम्हालिरहनुभएको छ । उहाँ बुटवल र आसपासका क्षेत्रमा आयोजित सभाहरुमा सहभागी भइरहनुभएको छ ।

उपमहासचिव घनश्याम भुसाल पनि रुपन्देही आसपासमा  सक्रिय हुनुहुन्छ । तिलोत्तमा नगरका मतदाता समेत रहनुभएका उहाँले त्यहाँ उम्मेदवार तथा कार्यकर्तालाई परिचालन गरिरहनुभएको छ ।

सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । एक चरणको चुनावी कार्यक्रम सकेर काठमाडौँ फर्किनुभएको सचिव ज्ञवाली अहिले दिनदिनै कार्यक्रममा व्यस्त हुनुहुन्छ भने अर्का सचिव विष्ट पनि लगातार रुपमा गुल्मीमै हुनुहुन्छ ।

पहिलो चरणमा प्रदेश नम्बर चारमा सम्पन्न निर्वाचन सकेर राजधानी फर्किनुभएका सचिव पृथ्वीसुब्बा गुरुङ एक नम्बर प्रदेशको ओखलढुंगामा आयोजति विभिन्न कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्नुभएको छ ।

सचिव तथा प्रदेश नम्बर एकका संयोजक भीम आचार्यले समग्र प्रदेशमा समन्वय गर्नुका साथै सुनसरीमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाइरहनुभएको छ ।

सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङका विभिन्न तहमा सक्रिय रहनुभएको छ । जेठको अन्तिम साताबाट नै जिल्ला पुग्नुभएका भट्टराई ताप्लेजुङका नौ वटै स्थानीय तहमा पुग्ने कार्यक्रम रहेको  छ ।

स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि एक सातादेखि गृहजिल्ला इलाममै व्यस्त हुनुहुन्छ ।

स्थायी समिति सदस्य शंकर पोखरेल १० दिनदेखि गृहजिल्ला दाङमा हुनुहुन्छ । घोराही र तुल्सीपुर उपमहानगरपालिका साथै समग्र दाङमा पार्टीलाई विजयी बनाउन उहाँले कार्यकर्तालाई उत्साहित गरिरहनुभएको छ ।

स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा पनि रुपन्देहीमै क्रियाशील हुनुहुन्छ । उम्मेदवारी दर्ताको समय देखिनै देवदह नगरपालिका र त्यस वरपरका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्छ ।

– हरिवल्लभ नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah