काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले जोशीप्रति श्रद्धा सुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली काँग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गरे ।प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भनेका छन्, “लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली काँग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्नु भएकोे थियो ।” पूर्वमन्त्री तथा संविधानसभा सदस्य जोशीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको थियो । विसं २०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहेका जोशी २०७३ सालमा मन्त्रीसमेत भएका थिए ।
ADVERTISEMENT



