काठमाडौं । उपत्यकाका २ जिल्ला काठमाडौं र ललितपुरका विभिन्न ठाउँका घर/घरमा आजदेखि मेलम्चीको पानी वितरणको काम शुरु गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा पुरानै पाइपको संरचनाबाट परीक्षणका लागि घरघरमा पानी छाड्न लागिएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले आइतबार (आज) देखि मेलम्चीको पानी वितरण सुरू गर्न लागेको जानकारी दिनुभयो । ‘मेलम्चीको पानी आजदेखि काठमाडौं र ललितपुरका विभिन्न ठाउँका घरका धाराहरुमा पठाउँदैछौं,’ राईले भन्नुभयो, ‘केयुकेयलका पुरानै नेटवर्कबाट पानी वितरण शुरु गर्न लागिएको हो ।’ तर ललितपुर खुमलटारमा भने नयाँ ट्यांकीमा पानी भरेर परिक्षण गरिने उहाँको भनाइ छ ।

राईका अनुसार केयुकेएलका ट्यांकी रहेका यी ठाउँबाट पानी वितरणको तयारी गरिएको हो । ‘अनामनगर, मिनभवन, महाकालचौर, महाराजगञ्ज, बाँसवारी, बालाजुलगायत ठाउँका पुरानै ट्यांकीमा पानी भरेर घरघरमा पठाउन लागिएको उहाँले बताउनु भयो । यी ट्यांकीबाट पहिलेदेखि नै पानी वितरण भइआएका घरका धारामा मेलम्चीको छोड्न लागिएको हो ।

‘सबै धारामा एकैपटक पानी नआउने तर सिफ्ट मिलाएर छाडिने छ’ उहाँले भन्नुभयो । ट्यांकीमा पानी भरिसकेपछि सेड्युलअनुसार घरघरमा वितरण गरिने योजना बनाइएको छ । विभिन्न स्थानका ट्यांकीबाट ४ करोड लिटर पानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड योजना छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने क्षमता भए पनि अहिले कम ल्याइएको बताइएको छ। क्षमताअनुसार सुरूङबाट पानी छाडिएको छैन। यसकारण हाललाई दैनिक ४ करोड लिटर पानी वितरणको तयारी गरिएको हो। राजधानीमा दैनिक ४३ करोड लिटर पानीको माग छ।

२०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन गरेर यसको काम हुँदै आउको थियो । तर वर्षौंपछि काठमाडौं आइपुगेको मेलम्चीको पानी घरघरमा परीक्षणका पठाइने र सफल भएको एक साताभित्रै राष्ट्रपतिबाट उद्घाटन गर्ने सरकारी तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah