दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापाको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य राजेश गिरीको विशेष आतिथ्यमा भएको अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा नगर समितिको नयाँ नेतृत्व चयन गरेको हो ।

पार्टी विधान अनुसार नगर समितिमा राम थापा, लक्ष्मीप्रसाद संग्रौला, बासुदेव भट्टराई, सन्तोष राई, ताराप्रसाद अधिकारी, राज कुमार योङ्या, बिजय बराल, कृष्णमाया थापा, प्रकाश वस्नेत, गुणराज घिमिरे, गोविन्द बोहोरा,राजु बुढाथोकी, घनश्याम ढकाल, भरत खड्का, यिशुराज दाहाल , याम ब. अधिकारी, तेज प्रसाद खरेल, नेत्र प्र. चम्लागाई, गोपाल गिरी, कुमार निरौला, चन्द्र ब. थापा, टिकाराम खरेल, भीष्म प्रताप भण्डारी, नीर ब. कटुवाल, प्रेम कुँवर, टंक सिटौला, अर्जुन कृष्ण रेग्मी, निराजन भट्टराई र जय प्रसाद धिमाल ( जीवन ) रहेका छन । पार्टी बिधानमा नगर समिति भन्दा माथिल्लो पदहरुमा योग्य हुनका लागि अनिवार्य नगर / गाउँ समिति भित्र रहेको हुनुपर्ने व्यवस्था रहेको पार्टीका निवर्तमान नगर अध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।
सो अवसरमा पार्टीलाई स्थापना कालदेखि योगदान पुरयाउने अग्रज नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी भद्रपुरमा भएको अधिवेशनले अधिवेशनले पुन राधा कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । राप्रपा नगर समितिको पार्टी एकता अधिवेशनले आगामी कार्यकालका कार्कीलाई पुनः नगर अध्यक्षमा चयन गरेको हो ।
राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य देवीरमण भट्टराई, सुशिला बस्नेत, प्रदेश सदस्य महेन्द्र लावती, जिल्ला सचिव केशव ओझा, जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढीले राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah