प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई स्वतन्त्र भएर आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ । उहाले व्यक्तिगत रुपमा कुनै व्यक्ति भगवान् भन्दा पनि माथी भएपनि सभामुखका रुपमा सबै दल समान भएकाले स्वतन्त्र भएर काम गर्न सुझाव दिनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार आज भएको विशेष भेटघाटमा प्रधानमन्त्रीले अहिलेसम्म सभामुखका भएका गल्ती र आगामी दिनमा उठाउनु पर्ने कदमका विषयमा कुरा राख्नु भएको थियो । सभामुखले भेट्न चाहेपछि प्रधानमन्त्री ओलीले निवासमै आउन आग्रह गर्नुभएको थियो । बालुवाटारमा करिव दुई घण्टासम्म चलेको भेटवार्तामा सभामुख सापकोटाले संसदलाई चलायमान बनाउन सरकारको सुझाव लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो । प्रधानमन्त्री ओलीले संसदको पहिलो दिन नै सभामुखबाट गल्ती भएकाले त्यसलाई सभामुखले नै सच्याएर जानुपर्ने अडान राख्नु भएको थियो ।

सरकारका तर्फबाट बैठकको पहिलो दिन नै प्रस्तुत हुनुपर्ने अध्यादेश सभामुखको निर्देशनमा रोकिएपछि सरकार चिढिएको छ । संवैधानिक रुपमा हुनुपर्ने काम सभामुख सापकोटाले आफ्नो पूर्व पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नदिएपछि सभामुख अप्ठेरोमा परेका छन् । सो अंसैवधानिक काम अब सभामुखले नै सच्याउनुपर्ने सरकारको भनाई छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट भएको हो । प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसद संचालन प्रक्रियामा सहयोगी नबनेको बताउनु भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेटघाट भएको र भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छुट्टै कुराकानी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah