नरेश फुयाँल / नवराज विष्ट(बाह्खरी)

पूर्वी नेपालका नगर, उपमहानगर र महानगरपालिकाका उमेदवारले आफ्नो मुख्य एजेण्डा प्रादेशिक राजधानीलाई बनाएका छन् । एक नम्बर प्रदेशको राजधानी आफ्नो शहरलाई बनाउने भन्दै उनीहरुले भोट मागरिहेका छन् ।

विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उमेदवारहरुले आ–आफ्नो जिल्लामा प्रादेशिक राजधानी बनाउने भन्दै त्यसका लागि लबिङ्ग सुरु गरिसकेको बताएका छन् ।

विराटनगर महानगरका मेयरका उमेदवार भिम पराजुलीले विराटनगरलाई प्रादेशिक राजधानी बनाएरै छाड्ने दाबी गर्दै आएका छन् । उनको मुख्य एजेण्डा नै यही छ । यस्तै समाजवादी फोरम उमेशकुमार यादव र एमालेका मेयरका विनोद ढकालले पनि आफ्नो एजेण्डा नै प्रादेशिक राजधानीलाई बनाएर जनताको घर दैलो गरिहेका छन् ।

“प्रदेश नम्बर १ नम्बर प्रदेशको राजधानी विराटनगर हुनुपर्छ भनेर घोषणापत्रमा नै उल्लेख गरेको छु । ६ वर्ष अगाडि विराटनगर महानगरपालिका हुनुपर्छ र प्रदेशको राजधानी हुनुपर्छ भनेर हामीले २२ दिन आन्दोलन गर्यौं । त्यसको नेतृत्व मैले गरेको थिएँ,” उनी भन्छन्, “केन्द्रसँगको हाम्रो पहुँच तथा विराटनगरको इतिहाका कारण पनि प्रदेश नम्बर १ को राजधानी विराटनगर नै हुन्छ । औद्योगिक नगरी तथा शिक्षा, स्वास्थ्य तथा भौतिक संरचनाका हिसावले भने विराटनगर नै प्रदेश राजधानीका लागि उपयुक्त स्थान हो ।”

इटहरी उपमहानगरपालिकाका एमाले र कांग्रेसका उमेदवार भौगोलिक केन्द्रका हिसावले पनि इटहरी उपयुक्त स्थान भएको बताउँछन् । कांग्रेसका उमेदवार रोहित प्रसाइँ पनि पूर्वका अधिकांश पहाडी जिल्ला र तराइका केही जिल्लाको व्यापारिक केन्द्रका हिसावले पनि इटहरीको विकल्प नरहेको दाबी गर्छन् ।

“स्थानीय सरकारका लागि आवश्यक पर्ने भौतिक संरचना र घरहरु हामीसँग छन् । तरहरा कृषि फार्ममा खाली घरहरुलाई आफ्नै भवन नबनुन्जेल भाडामा लिन सक्छौं,” प्रसाइँ भन्छन्, “विराटनगर र धरान भुगोलका हिसावले पनि पायक नपर्ने भएकाले इटहरीको विकल्प देखिँदैन । संघीयतामा जनताको सुविधालाई हेरिनुपर्छ व्यक्तिको स्वार्थ हैन ।”

इटहरीका मेयरका उमेदवार द्वारिकलाल चौधरी पनि आफ्नो पार्टीले प्रादेशिक राजधानीका लागि धान्ने सबै पूर्वाधार बनाउने कार्ययोजना अगाडि सारेका छौं ।

“इटहरी उपमहानगरपालिका भएको धेरै भएको छैन । यसको विकासको चरण हेर्दा द्रुत गतीमा विकास भएको छ । यसको गती हेर्दा अन्य विराटनगर र धरानभन्दा हामी अगाडि छौं,” चौधरी भन्छन्, “वासिङटन, रोम, पेरिस जस्ता शहर रातारात बनेका होइनन् विस्तारै बनेका हुन् तर त्यसको गती छिटो हुनुपर्छ भन्ने हो । जसका लागि हामी योग्य छौं ।”

धरान उपमहानगरपालिकाका मेयरका उमेदवारले पनि आफ्ना मतदातालाई प्रदेश राजधानी बनाएरै छाड्ने बाचा गरेका छन् ।

धरानमा यसमा सबैभन्दा अगाडि देखिएका छन्, माओवादी केन्द्रका मेयरका उमेदवार अइन्द्र विक्रम बेघा । बेगा धरानलाई प्रदेशको राजधानी बनाउने सपना देख्ने पहिलो व्यक्ति नै आफू रहेको दाबी गर्छन् ।

“धरानलाई एक नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ भनेर कुरा उठाउने मान्छे म नै पहिलो हो,” अइन्द्र भन्छन्, “यसका लागि संघर्ष समिति बनाएर आन्दोलन गर्ने मान्छे नै म हुँ । यो सबैलाई थाहा छ । यो मुद्दालाई अरुले पछि फलो गरेका हुन् । यो कुरा जनातालाई राम्रोसँग जानकारी पनि छ ।”

यता धरानकै एमाले मेयरका उमेदवार पनि धरान नै प्रदेश राजधानीका लागि उपयुक्त भएको बताउँछन् । “झापा र मोरङले पनि दाबी गरिरहेका छन् । कहाँ प्रदेशको राजधानी अझै टुंगो लाग्न सकेको छैन,” एमालेका मेयरका उमेदवार तारा सुब्बा अगाडि थप्छन्, “सबैले पहल गर्ने हो । मलाई जनताले जिताउनु भयो भने मेरो तर्फबाट पनि पहल गर्छु । तर अरुले जस्तो अहिले नै धरान प्रादेशिक राजधानी भैसक्यो भनेर चाहीँ भन्दिनँ ।”

चुनावको सम्मुखमा रहेका दलहरु महत्वाकांक्षी कार्यक्रमका योजना लिएर मतदाताको घरमा पुगिरहेका छन् । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विमानस्थल र प्रादेशिक राजधानी पूर्वका राजनीतिक दलका साझा एजेण्डा बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah