मिरिकमा पनि गाेर्खाल्याण्ड राज्यको मागमा विशाल जुलूस निस्केको छ । २० हजारजति मानिसहरू सहभागी बनेकाे जुलूसले मिरिक बजार,कृष्णनगर अनि देउसे डाडाकाे परिक्रमा गर्दै बंगाल सरकारकाे बिराेध अनि अलगराज्य गाेर्खाल्याण्ड राज्यकाे मागमा व्यापक नाराबाजी गर्याे। जुलूसमा विभिन्न जात ,धर्म अनिविभिन्न राजनैनिक दल,भुतपूर्व सैनिक अनि विभिन्न संघ संस्थाका कार्यकर्ताहरू सहभागी भएर गाेर्खाल्याण्डकाे मागमा अावाज बुलन्द गरे ।
जुलुसमा सहभागीहरूले गाेर्खल्याण्ड हामीलाई चहिन्छ।शहीदकाे सपना गाेर्खाल्याण्ड,बंगाल हाम्रो चिहान हाे ,चिहानमा गाेर्खा बस्दैन भन्ने नाराहरू लगाए मिरिक थर्कायाे।
जुलूस मिरिक थाना परिसरमा पुगेपछि पथसभामा परिणत भयाे । युनिस गुरूङले संचालन गरेकाे सभालाई याेगेस गाेले,कैलास राई अनि लाडुप घिसिङले सम्बाेधन गरे ।
कैलास राईले पहाडमा इन्टरनेट सेवा ठप्प गरिएकाेमा निन्दा गर्दै सरकारले गणतन्त्रको चाैथाे सत्भ मिडियालाई पनि दबाउने कार्य गरेकाे अाराेप लगाउदै इन्टरनेट सेवा छिटाे संचालन गर्नु पर्ने माग गरे।
लाडुप घिसिङले गाेर्खाल्याण्डकाे निर्णायक अान्दाेलनमा सबै अघि अाएकाे तर कतिपय अनुहारहरू अाझै पनि जुलूसमा नदेखिएकाे बताउँदै बाटाे बिराउनेहरू ले समयमा नै घर फर्किए असल हुनेछ भने।
घिसिङले गाेर्खाल्याण्ड हामीले यसपालि बनाउनु पर्छ भन्दै बंगाल सरकारले जति नै षड्यन्त्र गरेपनि गाेर्खाल्याण्डकाे अावाजलाई दबाउन सक्दैन भने।
याेगेस गाेलेले पनि निर्णायक अान्दाेलनमा सबैलाई सहभागी बन्ने अाव्हान गरे।मुसलधारे पानी परे पनि वास्ता नगरि मानिसहरू जुलुसमा सहभागी बनेका थिए।
https://youtu.be/pI63g3iPEAE



