रसुवा ,७ असार ।  काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ । यसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ ।

उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिनुभयो । निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती(धुन्चे(स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो ।

नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ ।

उहाँले  भन्नुभयो, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनको अर्थात् ९ मिटर चौडाइको हुनेछ । विगतजस्तो विस्फोटक पदार्थ र इन्धनको अभाव नभएकाले अब काम समयमै सकिनेछ ।

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ । विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको र सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोडेपछि उक्त सडक ‘लाइफ लाइनु हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताउनुभयो । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah