काठमाडौं । रुकुमको आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेलाई क्लिनस्वीप गरेका गृहमन्त्री जनार्दन शर्मालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा चुनावी जित्ने हतियारकारुपमा परिचालन गरेका छन् ।

देशका मन्त्री नागरिकका साझा हुन्छन् तर गृहमन्त्री शर्मा माओवादी नेताकारुपमा चुनाव प्रचारमा खटिएका छन् । ५ र ७ नम्वर प्रदेशमा पुगेर उनले कार्यकर्ता भेटघाट, चुनावी रणनीति बनाउने र अन्य पार्टीका कार्यकर्तालाई प्रलोभन दिने गरेको प्रमुख प्रतिपक्ष दल एमालेले ठहर गरेको छ ।

‘निर्वाचनलाई धाँधलीरहित बनाउने जिम्मेवारी पाएका सरकारका मन्त्रीहरु नै निर्वाचनका धाँधली गर्न पुगेका छन्’, मंगलबार एमाले महासचिव इश्वर पोखरेलले बिज्ञप्ती मार्फत जनाएका छन् ।

उम्मेद्धारी दर्ताका क्रममा बाँके र बाजुरामा झडप भएको थियो । झडपका क्रममा दुई दर्जनभन्दा बढि राजनीतिक दलका कार्यकर्ता घाइते पनि भएका थिए । बाँकेमा एमाले कार्यक्रम विथोल्ने र आक्रमण गर्ने माओवादी केन्द्रका कार्यकर्तालाई गृहमन्त्री शर्माले भेटेका छन् । बाँकेमा पार्टीको आन्तरिक भेटघाटमा चुनाव जित्ने जस्तो सुकै कदम पनि उठाउन कार्यकर्तालाई आदेश दिएको स्रोतले बताएको छ ।

‘राज्यको कानुन तोडेर निर्वाचन विथोल्नेलाई कारवाही गर्ने जिम्मेवारी गृहमन्त्री शर्माको हो । तर उनैले एमाले कार्यकर्तामाथी जाइलाग्ने आफ्ना कार्यकर्तालाई स्यावासी दिए’ , एमालेका एक नेताले भने ‘निर्वाचनमा गृहमन्त्रीले पद र राज्यशक्तिको चरम दुरुपयोग गरेका छन् ।’

रुकुमको एक क्षेत्रमा पहिलो चरणमै निर्वाचन सकिएपनि अर्काे क्षेत्रमा १४ असारमा हुँदैछ । गृहमन्त्री शर्मा चुनाव प्रचारकै लागि झण्डै पाँचदिन अघि रुकुम पुगे । त्यहाँ उनले आफ्ना कार्यकर्तासँग भेटघाट गरी प्रदेश नम्वर पाँचको दाडमा झरे ।

दाडमा आफ्ना कार्यकर्तासँग भेटघाट गरेपछि उनी नेपालगन्ज पुगेका थिए । नेपालगन्जमा एमालेमाथी जाइलाग्ने माओवादी केन्द्रका कार्यकर्तासहित पार्टीको गोप्य बैठक चलाए । गाडीमा राष्टिय झण्डा पराउँदै उनी प्रदेश नम्वर ७ तिर लागेका छन् । प्रदेश नम्वर ७ मा पनि उनले पार्टीका नेता कार्यकर्तालाई चुनाव जित्न जस्तो सुकै कदम पनि चाल्न आग्रह गरेका छन् ।

तर उनले बाँके, महेन्द्रनगरमा सवै जिल्लाका सुरक्षा प्रमुखसँग निर्वाचनका बिषयमा छलफल गरेका छन् । सुरक्षा प्रमुखहरुसँगको भेटघाटको कार्यक्रम बनाएर उनी राजधानीबाट एकसाता अघि निस्केका थिए । यस काठमाडौँ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah