काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नु पर्ने बताउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनाेटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताउनुभएको हो ।

विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उहाँले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिनुुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रो शिक्षा शिक्षकले प्रदान गर्न सकिरहेको छ कि छैन । शिक्षण विधिमा, सम्प्रेषण कला कस्तो छ शिक्षकमा ? विद्यार्थीको ध्यानाकर्षण गर्ने खालको, विद्यार्थीले बुझ्ने खालको, विद्यार्थी आकर्षित हुने खालको, विद्यार्थीको रुची जाग्ने खालको सम्प्रेषण कला, शिक्षण विधि, शिक्षण पद्धती त्यसमा ध्यान दिइरहेका छौँ । मलाई लाग्छ अझ धेरै ध्यान दिनु आवश्यक छ ।’

शिक्षककाे गुणस्तर माथि उठाएर उपयुक्त वातावरण निर्माण नभएसम्म शिक्षाकाे गुणस्तर माथि नउठ्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘त्यसको लागि हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । मुख्य कुरा शैक्षिक वातावरण विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ । उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शीर्षकमा बजेट विनियोजन गरिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विद्यालयको छनौट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चार हजार २ सय ५० विद्यालयहरुमा थप सुधारका लागि स्तरोन्नतिका लागि कार्यक्रम सञ्चालन गर्दैछौँ । ५ अर्ब ६ करोड छुट्याएका छौँ । त्यसको छनौट प्रक्रिया उपयुक्त विधिका साथ गर्ने प्रयास भएको छ । विलकुल नयाँ अभ्यास हामीले शुरु गरेका छौँ र यसरी एकैचोटी यति धेरै विद्यालयहरुमा पहिले कहिल्यै पनि यस प्रकारको अभ्यास गरिएको थिएन । यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेट भित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पुर्याउन लागेको बताउनुभयो । स्वास्थ्य सम्बन्धी प्रवन्धसहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो । नया पेज बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah