इँटाको भाउ दुई महिनाअघिको तुलनामा केही घटेको छ। नेपाल इँटा उत्पादक संघ, बागमती प्रदेश संयोजक रामकाजी अवालेका अनुसार गत माघको तुलनामा इँटा प्रतिगोटामा दुई रूपैयाँदेखि चार रूपैयाँसम्म सस्तिएको छ।

invotech
अवालेका अनुसार अहिले आकार हेरेर एक नम्बर इँटा प्रतिगोटा १४ देखि १६ रूपैयाँमा निर्माणस्थलमै पुग्छ। जबकि दुई महिनाअघि यसको मूल्य ढुवानी खर्चसहित १८ रूपैयाँ प्रतिगोटा पर्थ्यो।

त्यस्तै दुई नम्बर इँटा अहिले १२ देखि १४ रूपैयाँमा आउँछ।

चार कोठाको एक तले घर बनाउँदा इँटामा कति खर्च हुन्छ?

everygharbidh lab box ad 5
हामीले यहाँ कम इँटा प्रयोग गरी कसरी चार कोठे, चिटिक्कको घर बनाउन सकिन्छ भन्ने चर्चा गरेका छौं। यसबारे हामीलाई जानकारी दिएका छन् महाशक्ति इँटा उद्योग, जगातिका सञ्चालक कृष्णप्रसाद दुवालले।

दुवालका अनुसार इँटा कति लाग्छ भन्ने अनुमान गर्नुअघि सबभन्दा पहिले कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने निधो गर्नुपर्छ। किनकी झ्याल, ढोका र घरको डिजाइनले इँटा संख्या फरक पर्छ।

छत ढलान गरी बनाइने घरमा इँटा बढी लाग्छ। यसमा आवश्यकता अनुसार तला थप्दै जान पनि सकिन्छ। त्यस्तै पर्खाल सिस्टमको ढलान नगरिने, जस्ता वा अन्य छाना राखिने घरमा कम इँटा प्रयोग गर्न सकिन्छ।

सहरमा ढलानबिनाको घर त्यति प्रयोगमा आउँदैन। घर बनाउँदा भविष्यमा तला थप्ने विचारले बनाउँदा सही हुने इँटा व्यवसायी दुवाल बताउँछन्।

ncell in
‘ढलान गर्ने घरमा जग बलियो पार्नुपर्छ। नौ इन्चको जग अनिवार्य हुन्छ। त्यसले धेरै इँटा डिपिसीमुनि खपत हुन्छ,’ व्यवसायी दुवालले जानकारी दिए, ‘पहिलो तला घरको आधार (मुख्य) पनि भएकाले नौ इन्चकै गारो लगाउन सुझाव दिन्छौं।’

नौ इन्चको गारो लगाउनुको अर्को फाइदा पनि छ- घरको भित्री भागलाई ओसबाट जोगाउनु। दुवालका अनुसार जिन्दगीमा एक पटक बनाइने घरमा सम्झौता नगरेकै बेस्।

त्यस्तै इँटाको लागत आकलन गर्ने अर्को पाटो झ्याल र ढोका हुन्।

कुनै कोठामा तीन वटासम्म झ्याल राख्न मिल्ने हुन्छ। यस्तो कोठामा इँटा कम लाग्छ। त्यस्तै कुनै कोठामा दुई वटा ढोका राख्न आवश्यक पर्ने हुँदा सोही अनुसार इँटाको लागत अनुमान गर्नुपर्ने दुवाल बताउँछन्।

‘तर कम खर्चमा घर बनाउन इँटा मात्रै कम गर्न खोजेर हुँदैन। झ्याल-ढोका पनि आवश्यकता अनुसार मात्रै राखे राम्रो,’ उनी भन्छन्, ‘इँटाको लागत घटाउन खोज्दा झ्यालको लागत बढी हुन गयो भने योजना फेल हुन्छ।’

प्रत्येक कोठामा दुइटा झ्याल, एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा माग गर्नुपर्ने दुवालको अनुभव छ।

‘कोठाको आकारअनुसार थोरै घटबढ भए पनि सामान्यतया ढलान गरेको चार कोठे घर बनाउन एक नम्बरी २८ हजार इँटा भए पुग्छ,’ दुवाल भन्छन्, ‘कम्पाउन्ड र बाँकी कामका लागि चाहिँ अरू इँटा थप्नु पर्छ।’

यो त भयो ढलान गरी बनाइएको घरमा इँटाको लागत। पर्खाल मात्रै लगाएर ढलान नगरी घर बनाउने हो भने आठ/दस हजार इँटामै काम सकिने व्यवसायी दुवाल बताउँछन्।

‘पर्खाल मात्र लगाउनु पर्ने घरको जगमा धेरै इँटा लाग्दैन। भित्री पर्खालमा पनि सिमेन्टको जोडाइमा पाँच इन्च गारो लगाए हुन्छ। आधाभन्दा कम इँटा खपतमा घर बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘गाउँघरतिर बनाइने घरमा यो तरिका अपनाइएको हुन्छ।’

अहिलेको समयमा काठमाडौं उपत्यकामा एक नम्बरी इँटा प्रतिगोटा १४ देखि १६ रूपैयाँमा निर्माणस्थलमै पुग्छ।

माथिको अनुमान अनुसार हिसाब गर्दा ढलान गरिने चार कोठे घर बनाउन चार लाखदेखि चार लाख पचास हजार रूपैयाँ बराबरको इँटा किन्नुपर्ने देखिन्छ।

त्यस्तै पर्खाल मात्रै लगाएर चार कोठे घर बनाउन इँटामा करिब एक लाख पचास हजार रूपैयाँ अनुमान गर्नुपर्छ। कहिलेकाहीँ इँटाको मूल्य फरक पर्दा अनुमानित रकम थोरै तलमाथि चाहिँ हुन सक्छ।

घर बनाउँदा खर्च कम गर्न घरमा दुई नम्बरी इँटा पनि प्रयोग गर्न सकिन्छ। दुई नम्बरी इँटा अहिले १२ देखि १४ रूपैयाँमा आउँछ। चार कोठाको एक तले ढलान घरमा दुई नम्बरी इँटा राख्दा चार लाख रूपैयाँ हाराहारी मात्र पर्न आउँछ। ढलान नगरिएको घरमा पनि एक लाख बीस हजारदेखि एक लाख चालीस हजारसम्म मात्र पर्छ।

तर जिन्दगीमा एक पटक बनाइने घरमा सम्झौता नगर्न दुवालको सुझाव छ।

‘इँटाका प्रकारमध्ये रातोमाटो पोलेर बनाइने एक नम्बरीलाई सबभन्दा राम्रो मानिन्छ। यसमा कुनै समस्या छैन,’ दुवाल भन्छन्, ‘दुई नम्बरी इँटा सस्तो परे पनि गुणस्तर कम हुन्छ।’ सेतो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah