चेतन रेग्मी, तुलसीपुर
७ असार / नेपाली काँग्रेस तुलसीपरले आज बिहान पर्सेनीको कालाखोलामा चुनावी सभा सम्पन्न गरेको छ । सभालाइ सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार गेहेन्द्र गिरिले मतदाताहरुले काँग्रेस प्रति देखिएको आर्कषणले कांग्रसको जित हुनेमा आफु ढुक्क भएको बताए ।
उनले स्थानीय मतदाताको मागलाई मह्त्व दिदै काँग्रेस नेताहरु दिन रात नभनेर बिभिन्न बस्तिहरुमा पुगिरहेको भन्दै काँग्रेस प्रति मतदाताहरुमा देखिएकोे आर्कषणले तुलसीपुरमा काँग्रेसलाई जित्न अब कसैले नरोक्ने उनको दाबी छ । सभालाई तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उमेदवार मेयर गिरी , उपमेयर पदका उमेदवार देवीका नेपाली, सांसद दिपक गिरी, बुद्धिराम भण्डारी, डिल्ली चौधरीलगायतका नेताले सम्बोधन गरेका छन ।
यसैबिच नेपाली काँग्रेस तुलसीपरले आज दिउसो रानी जरुवामा चुनाबी सभाको आयोजना गरेको छ । दिउसो ३ बजेपछी हुने सभामा तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उमेदवार गेहेन्द्र गिरी , उपमेयर देवीका नेपाली, सांसद दिपक गिरी, बुद्धिराम भण्डारी, डिल्ली चौधरीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वडा सभापति मदन धितालले सभामा उपस्थितिका लागि सम्पुर्ण वडाबासीलाई अनुरोध गरेका छन ।
सभामा तुलसीपुरमा भएरहित वातावरणमा व्यबसाय सञ्चालन गर्ने अवस्थाको सृजना गर्ने, नेपाली काग्रेसले तुलसीपुरलाई सम्बृद्ध बनाउने लगायतका एजेण्डाहरु प्रस्तुत गरिने छ । तुलसीपुर अनलाइन बाट साभार



