बर्दिया । बर्दियाको मधुवन नगरपालिकास्थित सानोश्री बजारमा छिट्टै ५० शैयाको बर्थिंङ सेण्टर स्थापना हुने भएको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३ ले मधुवन बजारमा गरेको कायक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेतृ एवं सांसद डा. आरजु राणा देउवाले परियोजना घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री पत्नी समेत रहेकी राणाले  आफुलाई प्राप्त हुने ५० लाख सांसद विकास कोषको रकम पनि मधुवन नगरपालिकामा सडक, कलभर्ट, विद्यालय लगायत भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सुनाइन् ।

अन्र्तराष्ट्रिय दातृ निकाय र गैर सरकारी संघ संस्थाहरु राम्रो पकड बनाउनु भएकी सांसद राणा देउवाले मधुवनका महिला, बालबालिका र युवाहरुको सशतिmकरणका निम्ती १६ अर्बको एकीकृत मधुवन विकास परियोजना पनि छिट्टै संचालन हुने प्रष्ट पारिन् ।

बर्दिया मेरो माईती घर हो मेरो पनि जग्गा जमिन यहाँ छ मैले पनि बर्दियाको विकास गर्नु मेरो पनि जिम्मेवारी र कर्तव्य हो त्यसैले अब बर्दियाका निम्ती विशेष योजनाहरु ल्याउने छु –राणाले भनिन् । यद्यपि, राणाले चुनावलाई प्रभाव पार्ने गरी विकास निर्माणको घोषणा गर्नु आचारसंहिचा विपरीत हुन्छ भन्ने भने ख्याल गरिनन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव जीवन मल्ल, क्षेत्रीय सभापति रामचन्द्र थापाले सांसद एंव काँग्रेस नेतृ देउवाको बर्दिया विकास योजनाको खुलेर प्रशंसा गरे । उनीहरुले घोषणा गरेको कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउने प्रतिबद्धता गरे ।

राणाले काँग्रेसको पक्षमा भोट समेत मागिन् । उनले नेपालमा शान्ति र पुनःस्थापना, दिगो विकास, जनमैत्री संविधान घोषणा, संघीयता र समावेशीताको व्यवहारिक कार्यान्वयन गर्ने पार्टी नेपाली कांग्रेस भएकाले स्थानीय विकास र स्थानीय लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरुलाई एकजुट भई जिताउन अपिल गरिन् ।

मधुवनको कुसुम्बाबजारस्थित कालिका मन्दिर परिसरमा आयोजित कार्यक्रममा काँग्रेस नेता कार्यकर्ता र स्थानीय उलेख्य रुपमा सहभागि भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah