राजा राजेन्द्र ‘जहिले ढलाउने नीर जहिले ढलाउने
कहिले होला विकासको लहर चलाउने ?’

ओलीः कहिल्यै नढाल्ने नीर कहिल्यै नढाल्ने,
मंसिरमा बहुमत ल्याएर देश बनाउने,
विकासको लहर चलाउने ।’

प्यारोडी गीतमा चर्चा कमाएका कलाकार राजा राजेन्द्रले मञ्चमा चढेर चलचित्र पुरानो डुंगाको चर्चित गीत नीर जहिले रिसाउनेको प्यारोडी बनाएर गाए ।  अलि राम्रो काम गर्लाजस्तो सरकार चल्नै नदिने र ढालिहाल्ने सत्ता राजनीतिको चरित्रप्रति ब्यङ्ग्य गर्दै उनले प्यारोडी बनाएका थिए–

जहिले ढलाउने नीर जहिले ढलाउने
कहिले होला विकासको लहर चलाउने ?

दर्शक दीर्घाबाट गडगडाहट ताली बज्यो । मञ्चमा बसेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली, जसको सरकारले भारतीय नाकाबन्दीलाई झुकाएको थियो र नेपाललाई आफ्नै खुट्टामा उभ्याउन चीनसँग पारवहन सन्धी गरेको थियो । त्यही सरकारलाई गतसाल कांग्रेस माओवादी गठबन्धन बनाएर ढालिएको थियो ।

एमाले अध्यक्ष ओली विर्तामोड नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए । कलाकार राजा राजेन्द्रको प्यारोडी सुनेपछि सम्बोधनका क्रममा ओलीले त्यसको जवाफ पनि लगाए । ‘अव एमालेको सरकार ढलाउने जमाना गयो’ ओलीले गीतकै लयमा भने, ‘कहिल्यै नढाल्ने नीर कहिल्यै नढाल्ने, मंसिरमा बहुमत ल्याएर देश बनाउने, विकासको लहर चलाउने ।’

उनले स्थानीय तहको दोस्रो चुनावमा एमालेले ६५ प्रतिशत सिट जित्ने र आगामी मंसिरमा हुने संसदीय चुनावबाट बहुमत ल्याउने वताए । ‘मंसिरमा एमालेले बहुमत ल्याउँछ, सरकार बनाउँछ अनि कसले ढलाउने ?’ ओलीले भने, ‘एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन ।’

चिहानमाथि सुतेको स्मरण
विर्तामोडमा एमालेको सभामा झापा आन्दोलनको इतिहाससँग जोडिएका केही पुराना नेताहरुलाई ओलीले पार्टीमा भित्र्याए । माओवादीमा सक्रिय रहेका पुराना कम्युनिस्ट नेता यज्ञराज घोरसाइने, सूर्य उप्रेती, विष्णुप्रसाद ओली र तेजबहादुर कन्दङ्वालाई पार्टी प्रवेश गराएका ओलीले झापा आन्दोलन भन्दा अगाडिका दिनहरु सम्झे । त्यसबेला भूमिगत रुपमा राती राती हिंड्नु परेको र थाकेर चिहानमा सुत्नु परेको घटना ओलीले स्मरण गरे ।

राजा राजेन्द्र ‘जहिले ढलाउने नीर जहिले ढलाउने
कहिले होला विकासको लहर चलाउने ?’

ओलीः कहिल्यै नढाल्ने नीर कहिल्यै नढाल्ने,
मंसिरमा बहुमत ल्याएर देश बनाउने,
विकासको लहर चलाउने ।’

‘झापा आन्दोलन भन्दा पनि अगाडिको कुरा हो, राजतन्त्र विरोधी संघर्ष सजिलो थिएन । हामी राती राती हिंड्थ्यौं सुत्ने ठाउँ कहीँ हुँदैनथ्यो, थाकेर निदाउँथ्यौं’ ओलीले भने, ‘पछि ब्यूँझिंदा थाहा हुन्थ्यो हामी चिहानमाथि सुतेका रहेछौं ।’ झापा आन्दोलनको इतिहासबाट आएका पुराना सहयात्रीहरुलाई पार्टीमा फर्काउन पाएकामा ओलीले गौरव गरे र एमाले देशभक्ति, लोकतन्त्र, सामाजिक न्याय र विकासको सबैभन्दा ठूलो प्रवाह भएको वताए ।

‘हाम्रो इतिहास खेर गएको छैन, आज एमाले देशभक्तिको सशक्त र विशाल नदिको रुपमा बगिरहेको छ’ ओलीले भने, ‘एमाले बामपन्थी आन्दोलनको मात्रै होइन, देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक, जनवादी आन्दोलन समग्र प्रगतिशील जन आन्दोलनको प्रमुख धार र विचार भएको छ ।’

गरिव नेपाली मञ्जुर छैन
अहिले एमालेले लोकतन्त्रको संस्थागत विकास र समृद्धिको नेतृत्व लिएको वताए । ‘यहाँबाट अव रेल चल्छ, भद्रपुर माथिबाट चार आली जाने बाटो चार लेनको बन्छ । अव सुकुम्बासी बनाएर सुकुम्बासीलाई ठगेर राजनीति गर्नेका दिन गए’ ओलीले भने, ‘सुकुम्बासी समस्या लिएर अव सिंहदरवार जानु पर्दैन । दुई चार वर्षपछि सुकुम्बासी शब्दलाई इतिहास बनाइन्छ । जमीनमा सिंचाइ गरेर हराभरा बनाइन्छ । अव सुकुम्बासीलाई घरवाला, बिजनेशवाला, रोजगारवाला बनाइन्छ ।’ उनले गरिव नेपाली अव एमालेलाई मञ्जुर नभएको वताए ।

‘हामीसँग यति उर्भर भूमि छ, खेतमा धान, मकै, गहुँ, फलफूल सबै फल्छ, माछापालन, दूध ब्यवसाय यहीँ हुन्छ, पशुपालनको क्षेत्र र त्यसको वजार बनाउने काम हामी गर्छाैं’ ओलीले भने, ‘कृषि उत्पादनको ब्यवस्थित बजार बनाउँछौं । त्यसबाट रोजगारीका अवसर सिर्जना गर्न सक्छौं । अव गरिव नेपाली एमालेलाई मञ्जुर छैन ।’

ताज पहिरिन चुनाव उठेको होइन
ओलीले एमाले अन्य पार्टी जस्तो जित्ने उद्धेश्यले मात्रै चुनावमा नउठेको र देश बनाउन उठेको वताए । ‘एमाले चुनाव जितिन्छ नि त उठौं भनेर उठेको होइन, देश बनाउनका लागि उठेको हो’ ओलीले भने, ‘हाम्रा उम्मेदवारलाई ताज पहिर्याउन उठेका होइनौं, गाउँ, नगर बनाउनका लागि एमाले उठेको हो ।’ काम गर्नका लागि एमाले नै चाहिने दृष्टान्त प्रस्तुत गर्दै ओलीले अन्य पार्टीले जनतालाई अल्मल्याउने मात्रै गरेको वताए ।

‘पूर्व पश्चिम रेल ल्याउने कार्यक्रमका लागि एमाले चाहियो, हुलाकी राजमार्गका लागि बजेट छुट्याउन एमाले चाहियो, तराईका २० हजार विपन्न नागरिकलाई घर बनाउन एमाले चाहियो’ ओलीले भने, ‘हामी काम गर्न खोज्छौं, अरु अल्मल्याउन खोज्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah