झापाको दमकमा आज शुक्रबार झण्डै २ दर्जन घर परिवारलाई डोजर लगाएर हटाइएको छ । सुकुम्बासी बस्तीमा बस्ने परिवारलाई पटक पटक सूचना दिँदा समेत अटेर गरेको भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर भत्काएर हटाइको छ ।
बस्तीमा बसोवास गर्ने परिवारले राज्यले आफूहरुमाथि ठूलो अन्याय गरेको बताएका छन् । बर्षौं देखि बसोवास गर्दै आएको जमिनमा सरकारले आँखा गाढेर बास बसाउनुको सट्टा उठिबास लगाएको बताएका छन् । ६० बर्ष देखि बसोवास गर्दै आएको बस्तीमा बाउबाजेले प्राण समेत त्यागे, आफू यही जन्मे । सरकारले दिर्घकालीन बास देला भनेको उठिबास लगायो, दमक वडा नं. सुनचाँदी लाइनका हस्त राना मगरले बताउनु भयो । सरकारसँग आफूहरुले मुद्धा लड्न नसकेर झोली तुम्बी बोकेर बाटो लाग्नु सिवाय अरु विकल्प नभएको उहाँले बताउनु भयो ।

दमकको वडा नं. ७ बजार क्षेत्रमा पर्ने सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइनका २० घर परिवार विस्थापित भएका छन् । केही नहुनेलाई यस अघि व्यवस्थापन गरेको र आज हटाइएकाहरु बाहिर घरबास भएकोले भत्काइको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको भनाइ छ । तर सुनचाँदी लाईनको जग्गा भने व्यक्तिको नाममा भएर पनि राज्यले जर्वजस्ती गरेको आफ्नो जग्गा भएको बताउँदै आएका पदम माझीले बताएका छन् । माझीका अनुसार आफ्नो नाममा भएकोसाढे १० कठ्ठा १६ धुर जमिन सरकारले हडपेकाले आफूलाई सुकुम्बासी बनाएको दावी गरेका छन् । ४६ सालसम्म मालपोत तिर्दै आएको ६४२ नम्बर किताबाट हरिमाया मझेनीले ८ धुर जग्गा आसबहादुर श्रेष्ठको नाममा २०२९ सालमा बेचेको बताउनु भयो । सम्बन्धमा माझीका नाती पर्ने डायमण्डकुमार माझीका अनुसार २०२९ सालमा किताकाट गरेर ४ धुर नगरपालिकालाई दान दिएको र हाल आएर सवै जग्गा हडप्न खोजेको बताएका छन् ।

यस्तै पुरानो पूर्वपश्चिम राजमार्ग आसपास पर्ने ६ वटा घर पनि आजै भत्काइएको छ । २०५८ साल देखि बसोबास गर्दै आएको पशुहाट उत्तरको बस्तीमा विपन्न असक्तहरुको बस्तीमा प्रहरीले जर्वजस्ती गरेको बताएका छन् । धमाधम घर भत्काउन थाले पछि रोक्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । काममा अवरोध गरेकाले उनीहरुलाई पक्राउ गरिएको भए पनि चाँडै छाडिने इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । पटक पटक घर हटाउन खोज्दा समेत नसकेकोले प्रदेशबाट समेत प्रहरी झिकाएर नेपाल प्रहरी मात्र ढेड सय संख्यामा परिचालन गरिएको छ । यस्तै शसस्त्र र नगर प्रहरी समेत दर्जनौं संख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झडपको अवस्था होला कि भन्ने आशंकामा शान्ति व्यवस्थापनमा ध्यान दिँदै प्रहरी परिचालन गरिएको बताइएको छ ।

महेन्द्रराजमार्गको पुरानो बाटो भएकोले ऐलानी प्रति जग्गामा बसोवास गर्दै आएका आधा दर्जन परिवार भने धनीपूर्जा विना बसेका छन् । तर नजिकै केही पहँुच भएका मानिसले भने धनीपूर्जा बनाइ सकेको समेत बस्तीका सुकुम्बासीले बताएका छन् ।
सुनचाँदी लाइन ३ बर्ष देखि खाली गर्ने योजना रोकिएकाले हालै अाएर खाली गरिएकाे बताइएकाे छ । खाली क्षेत्रमा सिटी सेन्टर निर्माण गर्ने याेजना नगरकाे रहेकाे छ ।

यस्तै यस विषयमा नेपाल कम्युनिष्ट पाटी (माअाेवादी केन्द्र) दमक नगर कमिटीले विज्ञप्ती जारी गर्दै नगरपालिकाकाे याे कार्यकाे भत्सर्ना गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah