गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी पुनर्संरचना गर्ने बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित १७३ औं समुहको प्रहरी सहायक निरीक्षक (असई)को पासआउट समारोहलाई संवोधन गर्दै मन्त्री शर्माले जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागि प्रयत्न हुने बताए ।

मन्त्री शर्माले भने, ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अघि बढाईने छ ।’‘सिपाही वा प्रहरी महानिरीक्षक सवै राष्ट्रप्रति ईमान्दार हुनुपर्छ’, शर्माले भने, ‘संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्वीकार्य हुँदैन ।’मन्त्रि शर्माले प्रहरी संगठनभित्र गुटबन्दी गरेमा कारवाही गरिने चेतावनी दिए । ‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनि ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’ प्रहरीको बर्दिया राज्यको गौरब भएको उल्लेख गर्दै मन्त्री शर्माले बर्दीभित्र जनताको ठुलो आकांक्षा र मनोभावना रहेको बताए । कानुनको रक्षाका लागि बर्दीको सदुपयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले भने, ‘अब प्रहरीमा वृत्ति विकासको खडेरी ब्यहोर्नुपर्दैन, वृत्ति विकासको ढोका खोल्ने प्रविद्धता गर्दछु ।’मन्त्री शर्माले तालिमका दौरानमा विभीन्न विधामा उत्कृष्ट भएका १७३ औं समुहका जुनियर प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah