विराटनगर : मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाको बगरमा ढुंगाले किचेर शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ । केराबारी–८ की ५० वर्षीया कुमारी लिम्बूले ढुंगाले किचेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार मृतक महिला खोलाको बगरमा रहेका ढुंगा टिप्ने र बिक्री गर्ने काम गर्थिन् । बिक्रीका लागि साना ढुंगा भेला पार्दै गर्दा त्यहीँ ढिस्कोमा अडिएर रहेको ठूलो ढुंगा एक्कासि पल्टिएर लिम्बूलाई किचेको राईले बताए ।

‘साना ढुंगाको आडमा अडिएर ढिस्कोमा ठूलो ढुंगा बसेको रहेछ,’ उनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा सानालाई बाहिर निकाल्न खोज्दा ठूलो ढुंगो पल्टिएर किचेपछि महिलाले भाग्ने मौकै नपाएको देखिन्छ ।’

शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah