राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरे पनि रुपन्देहीको मर्चवार क्षेत्रका राजपा नेता कार्यकर्ताहरु भने फरक ढंगले चुनावी प्रचारप्रसारमा होमिएका छन् । निर्वाचन बहिस्कारको पार्टी निर्देशनलाई अवज्ञा गर्दै राजपाका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा भोग माग्न व्यस्त भएका छन् ।  राजपाका कार्यकर्ताहरुले स्वतन्त्र उमेद्वारी दिँदै स्थानीय तहको निर्वाचनमा भाग लिएका हुन् । राजपा नेता कार्यकर्ताको सहभागितासँगै मधेसी समुदायको बाहुल्यता रहेको रुपन्देहीको दक्षिणी भेगमा उल्लासमय तरिकाबाट चुनावी चहलपहल सुरु भएको छ । उमेद्वारहरु सभा सम्मेलन र घरदैलोमार्फत आफ्ना एजेन्डा लिएर मतदाता सामु पुगेका छन् ।

जिल्लाको मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले स्वतन्त्र प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै मर्चवारी गाउँपालिकामा स्वतन्त्र प्यानलसहित अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी मनोनयन पत्र दाखिला गराएका छन् । यस्तै, कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मर्चवार क्षेत्रमा रहेको ३ वटै स्थानीय तह सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा राजपाका नेताले उम्मेदवारी दिएपछि राजपाले आफ्नो वर्चस्व रहेको क्षेत्रमा आफ्नो शक्ति कायम राख्न खोजेको छ ।

यि क्षेत्र राजपाको वर्चस्व क्षेत्र हुन् । मर्चवार क्षेत्रको ३ वटै स्थानीय तह साविकको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । र, यो निर्वाचन क्षेत्र राजपाका केन्द्रीय नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र हो । आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि नेता शुक्लाले ३ वटै स्थानीय तहमा अध्यक्ष, उपाध्यक्षसहित सम्पुर्ण प्यानलमा नै स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएको स्रोतको दावी छ । मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक शुक्लाले जनता र गाउँको विकासको लागि आफुले उम्मेदवारी दिएको बताए । ‘लामो समय पछि हुन लागेको स्थानीय निर्वाचनमा आफुहरुले भाग नलिए आफ्नो गाउँ विकासमा पछि पर्नुका साथै जनताको पनि स्तरवृद्धि हुँदैन’ उनले भने, ‘निर्वाचनमा विजयी भएपश्चात मधेशी जनताको मागहरु सम्बोधन गराउन पुनः पहल गर्नेछु ।’

राजपाको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय सदस्य पदबाट राजिनामा दिएर चुनावमा भाग लिएको दावी गर्दै उनले चुनावमा भाग लिएर पनि आफ्नो अधिकारको लडाई लड्न सक्ने बताउँदै निर्वाचनमा भाग नलिएमा आफ्नो गाउ थप पछाडी पर्ने अवस्था देखिएको बताए । हामी आन्द्योलनमा भएका समयमा निर्वाचनको माध्यम बाट गलत व्यक्तिको हातमा स्थानिय निकाय नजाओस भन्ने उद्देश्यले आफुहरुले उम्मेदवारी दिएको उमेदवारहरुको भनाई छ । रुपन्देहीका १६ स्थानीय तह मध्ये ५ वटामा राजपाका १ सय ५० नेता कार्यकर्ताको उमेद्वारी परेको छ । ती लुम्बिनी साँस्कृतिक नगरपालिकासहित मर्चवारका मर्चवारी, सम्मरीमाई, मायादेवी र कोटहीमाई गाँउपालिका हुन् ।

सबै दल चुनावमा सहभागी भएपछि मतदाताहरु ढुक्क भएर मत दिन पाइने आशामा हाम्रो नभै राम्रो उमेद्वार छान्न आतुर छन् ।  सुरक्षाको दृष्टिले अति सम्बेधनशील क्षेत्र मानिएको ठाँउमा अवरोध गर्ने पक्षले नै चुनावमा सहभागी जनाउँदा  त्यसको रौनक रुपन्देही जिल्लाभरि छाएको छ । राजपाको सहभागीताले शान्ति र उल्लासमय वातावरणमा चुनाव हुने र समावेशी नेतृत्व आउने  विश्वास समेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah