गिनिज बुक अफ वर्ल्ड रेकर्डले यासुको तमाकीलाई सबैभन्दा उमेरदार अफिस म्यानेजरको सर्टिफिकेट दिएको छ । उनको जन्म सन् १९३० मे १५ तारिखमा भएको थियो । उनी एक ट्रेडिङ कम्पनी सनको इन्डस्ट्रिजमा सन् १९५६ देखि काम गरिरहेकी छिन् । अफिसका अन्य कर्मचारी झैं उनी हप्तामा पाँच दिन काम गर्छिन् । उनी बिहान ७ बजेदेखि बेलुकी ५ बजेको शिफ्टमा काम गर्छिन् ।यासुकोलाई ९० वर्षको उमेरमा पनि आफ्नो कामलाई कसरी व्यवस्थित बनाउनुहुन्छ भन्नेबारे प्रश्न सोध्दा उनी भन्छिन्, ‘म सधैं सोच्छु कि मेरो जन्म अरुलाई मद्दत गर्नका लागि भएको हो ।

त्यसैले म आफ्नो अफिसमा पनि अध्यक्ष, व्यवस्थापक र कर्मचारीलाई  खुसी राख्ने प्रयास गर्छु । यो मेरो जीवनको सधैंको उद्देश्य हो ।’यासुको तमाकी सनको इन्डष्ट्रिको स्थापनाको ८ वर्षपछि उक्त संस्थामा आबद्ध भएकी थिइन् । त्यतिबेलादेखि अहिलेसम्म उनी यो कार्यालयमा आफ्नो सेवा दिइरहेकी छिन् । उनले अफिसको अकाउन्ट हेर्छिन् । यासुको आफूसँग काम गर्नेहरुलाई आफ्नो समय बर्बाद नगर्न सुझाव दिइरहेको भेटिन्छिन् । उनी समयको सही उपयोग गर्नु सबैका लागि आवश्यक भएको र भोलि कहिले पनि नआउने  बताउने गर्छिन् । आफ्नो कामका लागि संसारभरी नाम कमाउने यासुको अवकाशमा विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘एउटा वर्ष गएपछि अर्को आउँछ । म हरेक वर्ष आफ्नो जीवनलाई यसै गरी काम गरेर बिताउन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah