अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्।प्रधानमन्त्रीद्धारा मंगलबार जारी गरिएको शुभकामना शन्देशमा विक्रम सम्वत् २०७८ को सुरूआतले नेपालीलाई एकतामा बाँध्नुका साथै हर्ष र उल्लास बाढ्ने विश्वास लिएका छन्।नयाँ वर्षको अवसरलाई विगतको समीक्षा गर्न र भविष्यका लागि आशाका किरणहरू बाँड्ने मौकाको रूपमा लिन प्रधानमन्त्री मोरिसनले आग्रह गरेका छन्। ‘अस्ट्रेलियामा उर्जावान् समुदायका रूपमा चिनिएको नेपालीको कला र संस्कृतिलाई यहाँको स्थानीय अनुभवसँंग साट्ने मौकाका रुपमा समेत नेपाली नयाँ वर्ष रहेको छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

बृहत् अस्ट्रेलियाली समुदायका लागि नेपाली नयाँ वर्ष त्यहाँको कला संस्कृतिको महत्वपूर्ण पक्षहरू अनुभव गर्ने मौकाका रुपमा रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ। ‘तपाईँहरूको यस महत्वपूर्ण पर्वमा छुट्टी मनाउँदै गर्दा यसले हामी सबैलाई थप समृद्ध बनाउन मद्दत पुग्ने छ,’ उनले भनेका छन्।कोरोना प्रभावित अहिलेको परिस्थितिमा नयाँ वर्षले चुनौतीसँग लड्न आत्मबल प्रदान गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीले आफ्नो सन्देशमा बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah