नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाँउपालिका प्रदेश नं. १ को नमुना गाँउपालिका बन्ने बताएकाछन् ।
उनले अध्यक्षमा मेनुका काफ्ले र उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जितसकेपछि कमलगाँउपालिकामा सुकुम्बासी समस्या सामधान हुने, बिकासको नयाँ लहर आउने, खोलाहरु सबै नियन्त्रित हुने भन्दै ओलीले यस्तो बताएकाहुन् ।
झापाको कमल गाँउपालिका वडा नं. ५ को पाडाजुङ्गिमा चुनावीसभालाइ सम्बोधन गर्दै ओलीले अन्य पार्टीका उम्मेदवारहरुलाइ बढि खर्च नगर्न आग्रह गर्दै यो ठाँउमा एमालेले जित्ने भएकाले पछि पछूतो हुने उने जनाए ।
लखनपुरमा अन्तराष्ट्रिय स्तरको स्टुडियम एमालेले बनाइ छाड्ने बताउदै जनजाति स्मृति पार्क पनि भब्य बन्ने ओलीले दाबी गरे ।
काँग्रेस र माओबादीले खुलेर नै यो बन्न नदिएको बताउदै एमालेले जितेपछि यो बन्न जनाए । जनजाति पार्कलाइ भब्य तिर्थस्थल बनाउने उनले बताए । काँग्रेस र माओबादीले बिकास गर्न नदिने उनिहरुको घोषित योजना नै रहेको भन्दै त्यसलाइ परास्त गरेर बनाएर नै छाड्ने बताए । यसका लागि एमालेलाइ जिताउन आग्रह गरे ।
‘नजिक खोलानाला भएपनि पौडि खेल्न नजान्ने यहाँका युवाहरुका लागि स्विमिङ पुल बनाउने, बिश्वमा रोनाल्डो भनेर चिनिन्छ तर रामबहादुर पनि अवसर पाए त्यति खेल्न सक्छन् भन्ने यहाँबाट हामि स्थापित गर्छौ पल्लाघरकी कान्छि पनि अवसर पाएर सेरेना बिलियम्स जस्तै बनेर बिश्वमा चिनिन सक्थिन ।’ यसमा काँग्रेस र माओबादीले भ्रम छरेर बन्न नदिएको भन्दै अब कोहि पनि कमलगाँउपालिकाबासी नझुकिने ओलीले बताए ।अध्यक्षमा काफ्ले र उपाध्यक्षमा शिवाकोटीलाइ जिताउन आग्रह गरे ।



