राजनीतिमा सुसंस्कार सम्ृद्ध दमकको मूल आधार विवेकशील नेपाली दलको परिकल्पना भन्ने मूल नाराका साथ झापाको दमकमा विवेकशील नेपाली दलको तर्फबाट मेयरका उम्मेद्वार बनेका सुवास सुबेदीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेकाछन् । बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर उनले ५ बुदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको प्रतिबद्धतामा जवाफदेहि नेतृत्व भ्रष्टाचाररमुक्त पारदर्शी निकाय, सफा स्वच्छ सुन्दर, आफैमा आत्मनिर्भर नगर, गरिखान पाउने उद्यमशिल नगर, साँस्कृतिक बिबिधताले भरिपूर्ण समावेशी नगर र बसोबास योग्य सुबिधा सम्पन्न सुरक्षित नगर रहेकाछन् । यसलाइ पुरा गर्नका लागि गरिने कामहरु समेत सार्वजनिक गरिएको छ । उनको चुनाव चिन्ह क्र.स २५ मा छोराछोरी रहेको छ ।
यसैगरि वडा नं. ३ बाट वडा सदस्यमा दधिराम ढकालले वडा सदस्यमा उम्मेदवार बनेकाछन् । उनले आफ्नो पार्टीले पठन सस्कृतीको बिकासका लागि प्रत्येक वाडमा जितेपनि हारेपनि पुस्ताकलय स्थपना गर्ने बताए । उनको चुनाव चिन्ह उनको धागोको डल्लो रहेको छ ।
पत्रकार सम्मेलनमा उक्त पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र निरौलाले आफूहरु जित्ने उदेश्यका साथ लागेको र पूर्वमा दमकमा मात्र मेयरको उम्मेदवारी दिएको जनाएकाछन् । उनले युवा पुस्तालाइ बिश्वास गर्दै नयाँ राजनीतिक संस्कार बिकास गराउन विवेकशिललाइ मतदिन पनि आग्रह गरे ।



