काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहे जस्तो सुकै काम गर्न सक्ने बताएका छन् ।देशभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी पछाडि परेका छौँ भन्ने नसोची नयाँ काम गर्नुपर्ने बताए ।नेपाल अण्डा, माछामासुमा आत्मनिर्भर रहेको भन्दै अन्य खाद्यवस्तुमा पनि निर्भर हुनेगरी काम गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ । अहिलेनै हामी अण्डा, माछामासुमा आत्मनिर्भर छौँ । अबको तीन वर्षमा सबै खाद्यबालीमा पनि आत्मनिर्भर हुन्छौँ । खाद्यान्नमा नेपाललाई आयातमुखी होइन, निर्यातमुखी बनाउनुपर्छ ।’

प्रधानमन्त्रीले नेपालीको गलत आदत र बानीका कारण नेपालमै उत्पादन भएको खाद्यबालीले एक वर्ष धान्न नसकेको बताएका छन् । उनले भने, ‘हामीले पुग्दो खाद्यबाली उत्पादन गरेका छौँ । तर गलत बानीले हामीलाई खान पुगेको छैन । त्यसैले हामीले बानी सुधार्न आवश्यक छ ।’ गलत बानीको चर्चा गरेपनि नेपालीका कुन कुन बानी गलत छन् भन्ने विषयमा बोलेनन् ।उनले नयाँ सोचका साथ काम गर्ने भन्दै सबै नेपालीले हरेक दिन एकपाइला अघि बढ्ने गरी काम गर्नुपर्ने बताए ।उनले भने, ‘हामीले सकारात्मक सोचका साथ काम गरिरहेका छौँ । सम्पूर्ण काममा हामीले एक पाइला अघिको प्रगती हासिल गरेका छौँ । यो क्रमलाई निरन्तरता दिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah