धरान : होलिडेज प्रालीले पर्यटकीय सहर धरानदेखि खोटाङको हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथीभरा दर्शन गराउने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी यहि वैशाख ५ गतेदेखि हेलिकोप्टरबाट यात्रा गराउन लागेको हो । धरान होलिडेज प्रालीले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेश १ को पर्यटन प्रवर्द्धन थप टेवा पुर्याउने  उद्देश्यले हेलिकोप्टरबाट धार्मिक तथा पर्यटकीय स्थलह्को भ्रमण प्याकेज ल्याएको जानकारी दिएको छ ।हलेसी र पाथीभरा दर्शन गर्नेहरुका लागि प्रति व्यक्ति ३० हजार र सोलुखुम्बु,संखुवासभा र ताप्लेजुङ जिल्लाको रमणीय हिमश्रृंखलाको दृष्यअवलोकन गर्न ७० हजार शुल्कमा हवाई यात्रा गराइने धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताए । उनले हवाई यात्राका लागि एयर डाइनेस्टिक हेलिकोप्टरसँग सम्झौता भइसकेको जानकारी दिए ।

आर्थिक अभावका कारण धार्मिक पर्यटकीय स्थलहरुको दर्शन गर्न नपाएका सर्वसाधारणका लागि सहकारीमार्फत नयाँ प्याकेज पनि ल्याइएको छ । धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले सहकारीमार्फत हवाई यात्रा गर्नेहरुलाई दैनिक एकसय रुपैयाँ बचत गरे विनाव्याजमा हेलिकोप्टरबाट हलेसी र पाथीभराको दर्शन गराइने जानकारी दिए ।सहकारीमार्फत हवाई यात्रा गर्नेहरुका लागि धरान, इटहरी र विराटनगरका दर्जन बढी सहकारीमार्फत यो सुविधा ल्याइएको उनको भनाइ छ । दैनिक सय रुपैयाँ जम्म गर्न नसक्नेहरुका लागि मासिक २ हजार ५ सय रुपैयाँ बचत गर्न सकेपनि हवाई यात्रा गराइने उनले जानकारी दिएका छन् । धरान होलिडेजले २०७६ देखि यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा टेवा पुर्याउने उदेश्यले वैशाख हेलिकोप्टरबाट प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउन थालेको हो । गत वर्ष कोरोनाका कारण रोकिएको हवाई यात्रा कोरोना कम भएसँगै पुनः सुचारु गर्न लागिएको प्रबन्ध निर्देशक मानन्धरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah