सेयर बजारको परिसूचक नेप्सेले २०७८ को पहिलो कारोबार दिन पनि नयाँ रेकर्ड बनाएको छ।नेप्से २०.६१ अंकले बढेर २७३५ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। केही दिनयता नेप्सेले निरन्तर नयाँ अंकको रेकर्ड बनाउँदै आएको छ। ८ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बैंकिङ २३, होटल तथा पर्यटन १०, विकास बैंक ९०, फाइनान्स २८, निर्जीवन बीमा ९, उत्पादन ४३, अन्य ३, माइक्रोफाइनान्स ६ र जीवन बीमा ४५ अंकले बढेका छन्। ब्यापार ९९ र जलविद्युत ८ अंकले घटे।कारोबारका आधारमा यस दिन एनआइसी एसिया लघुवित्त अग्रस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा मूल्य १० प्रतिशतले बढेर १८६८ रुपैयाँ कायम भएको छ।

त्यस्तै निफ्राको पनि ४९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य बढेर ५९४ रुपैयाँ कायम भएको छ। एनआइसी एसिया बैंक, नेपाल बंगलादेश र नविल बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए। ८ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। बेस्ट फाइनान्स, एनआइसी एसिया लघुवित्त, ज्योति लाइफ, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।आजको कारोबारपछि बेस्टको मूल्य प्रतिकित्ता १८७, एनआइसी एसिया लघुवित्तको १८६८, ज्योतिको ५६५, महिलाको १२०८, ग्रीनको २०४, छ्याङ्दीको २९५, कर्णालीको २१६, सप्तकोसीको २०६ रुपैयाँ पुगेको छ। मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah